भिडियोमा हेर्नुहोस्, बालिका निर्मला पन्तको न्यायका लागि मिलन कला केन्द्रका कलाकारको प्रस्तुति

सामाजिक असुरक्षा र बलात्कारको यथार्थ चित्रण

रुपन्देही । मिलन कला केन्द्र बुटवलका कलाकारहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाका विषय बनेको गीतमा कलात्मक नृत्य प्रदर्शन गरेका छन ।

हालै बुटवलमा ब्रिटिस भूतपूर्व गोर्खा सैनिक संगठन (विगेसो) द्धारा आयोजित वैचारिक साँस्कृतिक कार्यक्रमका उनीहरुले त्यस्तो नृत्य प्रदर्शन गरेका हुन ।

कलाकारहरुले निर्मला पन्तको हत्या काण्डको विषयमा केन्द्रीत गीतमा नृत्य गर्दै समाजमा नारीहरु असुरक्षीत रहेको र साजिक परिघटनाले हत्या, आत्महत्या, र अपराधहरु हुने गरेको विषय कलात्मक ढंगले. प्रस्तुत गरेका छन।

कलाकारहरुले महिलामाथिका बलात्कारका समाचारहरु आएको, बलात्कारको पीडा भोग्न नसकी आत्महत्या गर्नुपरेको, सामाजिक न्याय हराएको जस्ता विषयहरुलाई आफ्नो नृत्य मार्फत अत्यन्त रोचक ढंगले प्रस्तुत गरेका छन । बाँकी भिडियोमा हेर्नुहोस्….