देजमो प्रदेश एकको भेलाबाट लालबहादुरको संयोजकत्वमा ४१ सदस्यीय कमिटी निर्वाचित

चौतर्फि संघर्ष उठान गर्न नेता कडेलको निर्देशन

धरान । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रदेश नम्बर एकको प्रथम भेलाबाट नगेन्द्र राई ‘लालबहादुर’ को संयोजकत्वमा आठ सदस्यपछि थप्ने गरी ३१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको छ ।

धरान स्थित गिता भवनमा आज सम्पन्न प्रदेश भेला सम्पन्न भएको हो । लालबहादुरको सभापतित्वमा सम्पन्न भेलामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पूर्वि इन्चार्ज हरीभक्त कडेंल प्रतिकको प्रमुख आतिथ्यता रहेको थियो ।

देजमोका केन्द्रीय सदस्य शान्तिराम गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यहरु सिताराम, मनोज, डिल्ली बोहोरा लगायत मोर्चा र संगठनहरुका नेताको आतिथ्यता रहेको त्यहाँबाट बासु दुलालले हरपल नेपाललाई बताए ।

क्रान्तिकारी माओवादीका नेता प्रतिकले भेलाको औपचारीक उद्घाटन गरे लगत्तै मोर्चाका नेता टिकाराम राईले स्वागत मन्तव्य राखेका थिए भने पार्टीका उपस्थिति केन्द्रीय सदस्यहरुले भेला सफलताको शुभकामना दिदैं आफ्नो मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रमको अन्तिम चरणमा निर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिर्दै जनवर्गिय मोर्चाको तर्फबाट युवाका प्रदेश संयोजक रबिन लिम्बु र गणेश खड्काले सक्षिप्त मन्तब्य राखेका थिए ।

भेलापछि निर्वाचित कमिटी संयोजक र सदस्यहरुलाई प्रमुख अतिथि तथा पार्टी नेता कडेंलले रातो टीकासहित बधाई ज्ञापन गरे । नेता कडेंलले निर्वाचित कमिटीलाई जनताको न्यायपूर्ण आन्दोलनको कुशल नेतृत्व गर्न सफलताको शुभकामना समेत दिए ।

उनले सामाजिक न्याय, राष्ट्रिय स्वाधिनता र जनतन्त्रको लागि चौतर्फि संघर्षको उठान गर्न पार्टी र संघ, संगठनका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए।

उनले मुलुकमा जनघाती, राष्ट्रघाती व्यवस्था रहेको त्यसको विकल्पमा संघिय जनगणतन्त्र स्थापना गर्नुपर्ने औल्यए । उनले जनगणतन्त्रको स्थापनाबाट मात्र सम्पूर्ण शोसित पीडित जनताहरुको मुक्ति हुने भन्दै पुनः एक पटक संघर्षको प्रकृयामा भाग लिन सबैमा अपिल समेत गरे ।

नेता कडेंलले मोर्चाको यहि २४ गते काठमाडौंमा हुन लागेको प्रथम राष्ट्रिय सम्मेलनको तयारीमा ध्यान दिन र व्यापक जनपरिचालन गर्नका लागि समेत सम्बन्धीत पार्टी कमिटी र नेताहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रमको अन्त्यमा निर्वाचित कमिटीको तर्फबाट जनताको मुक्तिगामी आन्दोलनमा डटेर सबै प्रकारका समस्याहरुको सामना गर्ने गर्ने संयोजक राईले प्रतिबद्धता जाहेर गरेका थिए ।

संयोजक राईले सम्मेलनको लागि आवश्यक व्यवस्थापनका काममा जुट्न र सानदार रुपमा सम्मेलन सफल पार्नका लागि जिम्मेवारी निर्वाह गर्नका लागि कमिटीका सदस्यहरुलाई आग्रह गर्दै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रमका प्रदेश नम्बर एकका विभिन्न जिल्लाहरुबाट मोर्चाका प्रतिनिधि, प्रवेक्षक, पार्टी र संघ संगठनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीयवासीको समेत सहभागिता रहेको बताइएको छ ।