एनआईसी एशिया बैंकले ल्यायो, २२ चमत्कारिक विशेषता सहितका १५ निक्षेप योजना

घातक रोगको उपचार बीमादेखिः कर्जामा विशेष छुट

काठमाडौं । सेवा शुरुवातको २२ बर्षमा प्रवेशको अवसरमा एनआईसी एशिया बैंकले विभिन्न २२ चमत्कारिक विशेषता सहितको १५ वटा नयाँ निक्षेप योजना ल्याएको छ ।

बैंकले आम नागरिकलाई बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले त्यस्ता योजनाहरु ल्याएको हो ।

उक्त निक्षेप योजनामा १५ लाखसम्मको दुर्घटना बिमा, १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा, १ लाख ५० हजार सम्मको औषधी उपचार बीमा लगाएत रहेका छन ।

बैंकले आफ्नो २२ औं बर्ष प्रवेशको अवसरमा सेवाग्राही तथा बैंक उपभोग्ताहरुलाई कर्जामा विशेष छुट र सहुलियतसहितको २२ चमत्कारिक फाइदाका कार्यक्रमहरु ल्याएको बताएको छ ।

एनआईसी एशिया बैंकको नयाँ चमत्कारी योजनामा चमत्कारीक बचत खाता, चमत्कारीक नारी बचत खाता, चमत्कारीक जेष्ठ नागरिक बचत खाता, चमत्कारीक बाबुनानी बचत खाता आदी रहेका छन ।

बैंकले चमत्कारीक योजना अन्तर्गत बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता र कर्मचारीहरुको लागि चमत्कारीक तलब बचत खाता जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

त्यस्तै आमकर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा लगायत ल्याएको बताइएको छ ।

एनआइसी बैंकका ग्राहकले कुनैपनि एटिएमबाट रकम निकाल्दा अब शुल्क लाग्दैन भने बचत खातामा मुद्दति खाताकै सुविधा पाइने बैंकले जनाएको छ ।

त्यस्तै नारी बचत योजनामा सुनचाँदीका सिक्का समेत दिने बैंकको योजना थपिएको छ ।

बैंकको २ सय ८१ वटै शाखाकार्यालयहरु र अनलाइनबाट सहज रुपमा विभिन्न चमत्कारिक बचत खाताहरु खोल्न सकिने बैंकले जनाएको छ ।