नेपालगञ्जका कार्यबाहक मेयर बर्माद्वारा बोल्ड निर्णय

२४ घण्टा मै सोलार बत्ती झिलीमिली पारिने

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर दीपक बर्माले बोल्ड निर्णय गरेका छन ।

कार्यवाहक मेयर बर्माको निर्णय पश्चात नगरको सुर्खेतरोडमा बिगत लामो समय देखी बिग्रिएको अवस्थामा रहेका सोलारबत्तीहरु एक दिन मै मर्मत सम्भार हुने भएका छन् ।

बिगत केही समय देखी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको नगरका केही स्थानहरुमा जडान गरिएको सोलार बत्तीहरु महिनौं देखि बिग्रि अलपत्र अवस्थामा रहेका थिए ।

विगतमा सरकारी प्रक्रिया अनुसार मर्मतसम्भारमा धेरै दिन लाग्ने गरेकोमा कार्यबाहक मेयर बर्माले बोल्ड निर्णय गर्दै २४ घण्टा मै मर्मत सम्भार गर्न लागेका हुन् ।

बुधबार साँझ ७ बजे देखि सुर्खेतरोडमा रहेका सबै सोलारबत्तीको प्राविधिक परीक्षण सुरु गरि बिहिवार दिनभर मर्मत सम्भार गरी बिहिवार साँझ देखि सबै सोलार बत्ती झिलिमिली पारिने बर्माले बताए ।

बडा अधयक्ष बर्मा कार्यबाहक मेयर भएपछि बर्मा विहानै देखि काममा खटिएका छन् भने प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंह सहित बुधबार दिउसो कार्यबाहक मेयर बर्माले ल्याण्डफिल साईटको स्थलगत अनूगमन गरी जानकारी लिएका थिए ।

सोक्रममा गुप्ताले बैशाख देखि फोहोर ब्यवस्थापन कार्य सुरु हुने गरी निर्माणमा तिव्रता ल्याउन निर्देशन समेत दिए ।