न्याय परिषदद्धारा सर्वोच्चका लागि पाँच जना न्यायाधीशको नाम सिफारिस

ओलि सरकार प्रधानन्यायाधीशबारे सेटिङ मिलाउँदै

काठमाडौं । सरकारको न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि विभिन्न पाँच जनाको नाम सिफारिस गरेको छ । कानुनी क्षेत्रमा लामो अनुभव संगालेका मानिसहरु न्यायाधीशका लागि सिफारिसमा परेका हुन ।

सिफारिसमा पर्नेहरुमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी, वकिल मनोजकुमार शर्मा, पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा लगायत रहेका छन ।

श्रोतका अनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि ओलि सरकारले न्यायाधीसको नाम सिफारिस प्रकृयासँगै आन्तरिक सेटिङ मिलाइरहेको छ ।

न्यायाधीसको लागि सिफारिस भएका मध्ये फुयाँल र रेग्मी दुबै जना प्रधानन्यायाधीशका सम्भावित पात्र हुन ।