भेरी अस्पतालमा सर्जरी शिविर लगाइने

बाँके । भेरी अस्पतालमा आइतवार चैत्र १० गते देखि अर्थोस्कोपिक सर्जरी शिविर हुने भएको छ ।

घुँडामा चोट लागेर तत्काल वा पछि सुन्निएको, दुख्ने, अड्किने, भर नहुने, आवाज आउने लगायत आन्तरिक मांशपेशी च्यापिएका बिरामीहरुकालागि भेरी अस्पताल नेपालगञ्जमा विशेष प्रकृतिको शल्यक्रिया हुने भएको हो ।

चोटपटक लागेर मांशपेशी च्यातिएमा एक्सरेमा नदेखिने भएकोले विशेष प्रकृतिको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएका छन् ।

घुँडाको समस्या भएका बिरामीको घुँडामा सानो प्वाल बनाएर अप्रेशन गरिने भेरी अस्पतालका वरिष्ठ हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. तिर्थेन्द्र खड्काले जानकारी दिनु भयो ।

१० चैतदेखि १३ सम्म सञ्चालन हुने शिविरमा विशेष छुटको व्यवस्था भएको डा.खडकाले बताए।