क्रान्तिकारी पत्रकार महासंघ सुर्खेतको संयोजकमा कठायत

जनपक्षीय पत्रकारीतामा जोड

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी) निकटको पत्रकार महासंघले राष्ट्रिय सम्मेलनको तयारीसँगै विभिन्न जिल्ला तथा प्रदेशहरुमा भेला, सम्मेलन र अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

आज सुर्खेतको विरेन्द्रनगरमा आयोजित क्रान्तिकारी माओवादी सम्बद्ध विभिन्न संगठनका अगुवा नेता, कार्यकर्ताहरु संम्मिलित एक भेलाले क्रान्तिकारी पत्रकार महासंघ सुर्खेतको संयोजकमा पत्रकार मनराज कठायतलाई जिम्मेवारी तोकेको हो । पत्रकार कठायत हरपल नेपाल डटकममा कार्यरत छन ।

उक्त भेलामा क्रान्तिकारी माओवादीका प्रदेश नम्बर ६ का सेक्रेटरी चक्रपाणी शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका प्रदेश संयोजक दिपकबहादुर शाही, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी, जिल्ला पार्टीका सेक्रेटरी श्याम कार्की, दैलेख जिल्ला सेक्रेटरी विरेन्द ्रसिंह, अखिल क्रान्तिकारीका नेता हिमाल शाही लगायतको विशेष उपस्थिति रहेको थियो ।

क्रान्तिकारी पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई शोसित, पीडित आम नेपाली जनताको समस्याहरुलाई सञ्चार माध्यम मार्फत उजागर गर्दै न्यायको पक्षमा कलम चलाउन पार्टीका प्रदेश सेक्रेटरी शर्माले निर्देशन दिए ।

त्यस्तै मोर्चाले उठाएको राष्ट्रिय स्वाधिनता र जनतन्त्रका समस्याहरुबारे मोफसलका विग मिडियाहरुमा समाचार ठिक ढंगले नआउँने गरेको भन्दै मोर्चाका संयोजक शाहीले क्रान्तिकारी पत्रकारहरुले देश र जनताका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका नेता जैसीले देश निक्कै संकटमा गुज्रिरहेको औल्याउँदै व्यवस्था परिवर्तन बिना राष्ट्रियता र जनतन्त्रमा सुधार गर्न नसकिने तर्क गरे । उनले सामाजिक व्यवस्था परिवर्तनको अभियानमा पत्रकारको भूमिका कलम मार्फत जनताका आवाजहरु बुलन्द गर्ने र न्यायको पक्षमा उभिने हो भन्दै त्यसका क्रान्तिकारी पत्रकार महासंघ क्रियाशिल रहेको बताए ।

उनले क्रान्तिकारी पत्रकारहरुको कलमको मसि सामाजिक न्यायको स्थापना नभएसम्म्, वर्गिय समाजको अन्त्य नभएसम्म नसकिने भन्दै पार्टीको हरेक योजनालाई पत्रकारको मोर्चाले प्रचार आन्दोलनका रुपमा उठान गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा महासंघको सुर्खेत संयोजकको जिम्मेवारीमा आएका कठायतले पार्टी र संगठनले दिएको जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता जाहेर गरे । उनले आम पत्रकारहरुबीच क्रान्तिकारी पत्रकार महासंघको नीति र कार्यक्रमहरु छलफलको रुपमा पुर्याउनुपर्ने बताए ।