सकियो देजमो प्रदेश पाँचको सम्मेलन: ३९ सदस्यीय कमिटी निर्वाचित

निर्वाचित कमिटीको बैठक बस्ने तयारी हुँदै

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पाँच नम्बर प्रदेशको सम्मेलन सकिएको छ ।

हिजो बाँकेको त्रिभुवन चोकमा उद्घाटन भएको सम्मेलन आज सकिएको हो ।

सम्मेलनबाट तीन सदस्यपछि थप्नेगरी ३९ सदस्यीय प्रदेश संगठन समिति निर्वाचित भएको छ ।

निर्वाचित समितिको पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने र अन्य संघर्षका कार्यक्रमहरू ठोस गर्ने बताइएको छ ।

निर्वाचित कमिटीको पहिलो बैठक केही बेरमै बस्ने बताइएको छ । बन्द शत्रमा विभिन्न जिल्लाका ६३ जना प्रतिनिधि प्रवेक्षकहरू रहेका थिए ।

सम्मेलनको बन्द शत्रमा मोर्चाका संयोजक केबी गुरूङले पेश गरेको संगठनात्मक प्रतिवेदनलाई सुझाव सहित पाश गरिएको छ ।