प्रतिक्रियावादी सत्ताले बल प्रयोग गर्दा क्रान्ति रोकिदैन, क्रान्तिकारीहरुले गर्दा क्रान्ति हुन्छः परिथापा

राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाउनु दुर्भाग्यपुर्ण

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले मुलुकमा अहिले प्रतिक्रियावादी सत्ताँ टिकाउँनका लागि आफ्नो अन्तिम तागत लगाउँदै गरेको टिप्पणी गरेका छन ।

वर्तमान सत्ताँ नेपाली जनताको नभै दलाल, तस्कर र माफीयाहरुको पक्षपोषणमा लागेको भन्दै मोर्चाका सचिव थापाले यहि प्रकृया रही रहेमा चाडैं क्रान्ति हुनेप्रति संकेत गरे ।

बाँकेको नेपालगञ्जमा मोर्चाको प्रदेश सम्मेलनको उद्घाटन गर्न आयोजित सभालाई हिजो सम्बोधन गर्दै नेता थापाले त्यस्तो बताएका हुन ।

उनले अहिलेको वयवस्था जनभावनाको विपरित भएको भन्दै त्यसको विरुद्ध जनताहरु आन्दोलित बन्दै गएको बताए ।

उनले इतिहसमा कुनै पनि न्यायपूर्ण लडाई वा जनपक्षीय व्यवस्था संघर्ष, आन्दोलन र क्रान्तिबिना नआएको भन्दै आन्दोलनलाई परिवर्तनसँग जोडेका थिए ।

उनले व्यवस्था परिवर्तनको लडाईमा ठूला ठूला लडाईहरु भएको र धेरै मानिसहरुको मृत्यु तथा क्षति भएको भएपनि मुलुकमा अहिले पनि जनविराधि सत्ताँ टिकिराख्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे ।

उनले जबरजस्त टिकाउँन प्रयत्न गरिएको संसदीय व्यवस्था आफैमा कमजोर र पतनको बाटोमा बढेको भन्दै त्यसको खारेजी गरेर जनताको संघीय जनगणतन्त्र ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए ।

उनले परिवर्तनका आवाजहरु लिएर सडकमा निस्कने शक्तिमाथि राज्यले अपराधि देख्नु उसको भूल हुने भन्दै त्यसलाई नसच्याएमा मुलुकमा अर्को क्रान्ति हुने तर्क गरे ।

उनले भने–‘प्रतिक्रियावादी सत्ताले बल प्रयोग गर्दा क्रान्ति रोकिदैन तर क्रान्तिकारीहरुले बल प्रयोग गर्दा क्रान्ति हुन्छ । यो सत्ताँधारीहरुले राम्रारी बुझ्नुपर्ने विषय हो ।’

त्यस्तै फरक प्रसंगमा बोल्दै उनले जनताले आफ्नो मागहरु राखेर सडकमा आउने, विरोध गर्ने सम्मका अधिकारहरु अहिलेको व्यवस्थाभित्रको कानुनले समेत दिएको भएपनि त्यसलाई कुल्चेर सरकारले आफ्नो निरंकुशता प्रदर्शन गरेको तर्क गरे ।

उनले राजनीतिक दलहरुलाई कार्यक्रम गर्न, बोल्न, आफ्ना कुरा राख्न र गतिविधिहरु गर्न समेत बन्देज गर्ने सरकारको निर्णयले पञ्चायति व्यवस्थाको झल्को दिने गरेको भन्दै त्यस्ता गलत निर्णयहरु सच्याउन समेत सुझाव दिए ।

थापाले भने–‘कुनै पनि राजनीतिक आस्थाका आधारमा दललाई प्रतिबन्ध लगाउनु दुर्भाग्यपुर्ण हो, यो राज्यको निरंकुशता हो ।’ उनले सरकारले यहिँ ढंगका कार्यक्रम चलाउँदै गएमा जनताले त्यसको प्रतिकार गर्ने र क्रान्ति कसैले रोकन नसक्ने भन्दै कडा चुनौति दिए ।

सत्ताँधारीहरुले कम्युनिस्ट सरकार र एकताको नाममा झुटको खेति गरेको भन्दै उनले जनघात, राष्ट्रघात र सामाजिक अत्याचार गर्ने सरकार कम्युनिस्ट नभएको दावी गरे । उनले नक्कली कम्युनिष्टहरुको भ्रमको राजनीति धेरै नटिक्ने जिकिर गरे ।

उनले भने–‘अब जनताले बुझिसकेका छन । कुन कम्युनिस्ट हो र हैन भनेर देखिइसकेको छ । जनताको परिवर्तनको बाँकी सपना पुरा गर्न हामी संघर्षको तयारीमा छौं, यो हुन्छ, हामी गछौं ।’