आज २१ औं साँकृतिक प्रतिरोध दिवसः देशभर विविध कार्यक्रमको आयोजना

ठाउँ ठाउँमा नारा जुलुश र भव्य प्रदर्शनहरु

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध विभिन्न संघ संगठनहरुले आज विविध कार्यक्रमको आयोजना गरी साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै छन ।

प्रतिरोध दिवसको सन्दर्भमा अन्य राजनीतिक दलहरुका साथै विभिन्न संघ, सस्थाहरुले समेत कार्यक्रमहरुको आयोजना गर्ने गरेको देखिन्छ ।

क्रान्तिकारी माओवादी सम्बद्ध संघ, संगठनहरुले देशभर साँस्कृतिक शहीदहरुको सम्झना गर्दै सामाजिक रुपान्तरणमा साँस्कृतिक अभियानको महत्व र आवश्यकताका विषयमा विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन ।

साँस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा क्रान्तिकारी माओवादीले विभिन्न जिल्लाहरुमा नारा जुलुससहित र्याली, कोणसभा, साँस्कृतिक कार्यक्रम, शहीद सम्मान तथा अन्तरक्रिया, भेला, सम्मेलन जस्ता कार्यक्रमहरुको आयोजना गरेको छ ।

क्रान्तिकारी माओवादीले राजधानी काठमाडौंका साथै देशभर उक्त दिवसलाई भव्य रुपमा मनाउँने तयारी गरेको यस अघिदेखि नै गरी सकेको छ ।

उक्त सन्दर्भमा आज कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, चितवन, मकवानपुर, कास्की, वाग्लुङ, सिरहा, सुनसरी, झापा, महोत्तरी लगायतका जिल्लाहरुमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

साँस्कृतिक प्रतिरोध दिवसको सन्दर्भ पारेर आज बाँकेको नेपालगञ्जमा विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहितको र्याली तथा प्रदर्शनको आयोजना गरिएको छ ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज संकुल शर्माका अनुसार र्यालीमा पाँच सय भन्दा बढि मानिसहरुको सहभागिता हुने बताएका छन ।

त्यस्तै कतिपय स्थानहरुमा विभिन्न बाँजा गाजा र साँस्कृतिक पोसाकसहित क्रान्तिकारी माओवादी सम्बद्ध संगठनहरुले कार्यक्रम गर्न लागेको बुझिएको छ । काठमाडौंमा समेत उक्त सन्दर्भ पारेर भव्य कार्यक्रमको तयारी गरिएको बुझिएको छ ।

साँस्कृतिक प्रतिरोध दिवस साँस्कृतिक शहीदहरुको सम्झनासहित निरन्तर परिवर्तनको अभियानमा हिड्ने प्रतिज्ञा गर्ने दिनका रुपमा क्रान्तिकारी माओवादीका नेताहरुले अर्थ लगाउँने गर्दछन । फाइल तस्बिर