यस्तो आयो विप्लवको प्रतिकृयाः सरकारी निर्णयको प्रतिवाद, जनसत्ताँद्धारा सरकारलाई गाउँमा प्रतिबन्ध

‘सरकारको निर्णय निरंकुश पञ्चायति व्यवस्थाको झल्को’

काठमाडौँ । संविधान र कानुन विपरित आफ्नो पार्टीको शान्तिपूर्ण गतिविधिहरुलाई सरकारले प्रतिबन्ध लगाएमा जनसत्ताँले पनि सरकारलाई गाउँमा प्रतिबन्ध लगाउँने भन्दै नेत्रविक्रम चन्द समूहले सरकारी निर्णको प्रतिवाद गरेको गरेको छ ।

समाचार श्रोतका अनुसार विप्लव नेतृत्वको पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले हिजो राति संवाद डबलीका पत्रकारसँगको कुराकानीका क्रमका त्यस्तो प्रतिकृया दिएका हुन ।

उनले सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएर निरंकुश राज्यको चरित्र प्रदर्शन गरेको भन्दै उक्त कदमको प्रारम्भिक प्रतिकृयामा सशक्त प्रतिवाद गर्ने बताएका थिए ।

नेता पुनले आफ्ना शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि सरकारले प्रतिबन्धको गर्न खोजेमा त्यसको जवाफमा आफुहरुले पनि सरकारलाई गाउँमा प्रतिबन्ध गर्ने बताए । 

उनले सरकारका कुनैपनि गतिविधि गाउँमा जान नदिने र त्यसको विरुद्धमा आफ्नो पार्टी उत्रिने भन्दै राज्यलाई चेतावनी दिएका छन ।

उनले भने–‘आफैले बनाएको संविधान र कानुन विपरित उनीहरु हाम्रो पार्टीलाई शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध गर्दै छन, । यो अघि बढेमा जनसत्ताले पनि उनीहलाई प्रतिबन्ध लगाउँछ ।’

उनले कुराकानीको क्रम सरकारले निर्णय निरंकुश पञ्चायति व्यवस्थाको झल्को दिएको तर्क गर्दै त्यसको विरुद्ध जनताहरुको समर्थन सहित सशक्त प्रतिकार गरिने भन्दै राज्यलाई चेतावनी समेत दिए ।

उनले केपी, प्रचण्डको सरकार सामाजिक फासिवादतर्फ उन्मुख रहेको भन्दै पार्टीका गतिविधिमा प्रतिबन्ध गर्न उद्धत भएमा सरकार र संसदीय दलका नाइकेहरुलाई जनस्तरबाटै वहिस्कार हुने बताए ।

उनले भने–‘सरकार फासिवादीशैलीमा आएको छ । यो सुधारिएको पञ्चायतशैली हो । प्रचण्ड, केपी–बादल सुधारिएका पञ्च बनेका बनेका छन्, सरकारको त्यो निर्णयको शसक्त प्रतिवाद हुन्छ ।’

उनले केपी–प्रचण्डहरु फासिवादको अभ्यास गर्दै आएको र त्यो आफुहरुले धेरै पहिले भनेको औल्याउँदै त्यसलाई पछिल्लो घटनाक्रमले पुष्टि गरेको तर्क गरे ।

उक्त विषयमा पार्टीबाट विज्ञप्ती मार्फत धारणा सार्वजनिक हुने बताइएको छ । सरकारी निर्णयको सत्ताँरुढ पार्टी, प्रतिपक्ष दल र विभिन्न क्षेत्रका मानिसहरु, संघ संस्थाहरुले सामाजिक सञ्जाल मार्फत त्यसको विरोध जनाएको देखिन्छ ।