हजका लागि उचित व्यवस्थापन गर्ने समितिका अध्यक्ष मियाको दावी

हाजीहरुमाथि हुने बिभेदको अन्त्य गर्न माग

बाँके । हजका लागि जाने हाजीहरुको व्यवस्थापनमा कुनै कमी हुन नदिने नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाले बताएका छन ।

बाँकेको नेपालगंजमा नेपाल इक्रा एजुकेशनल फाउण्डेशन र हज समितिले संयुक्त रुपमा आयोजना गरेको हज र हाजीहरुको व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्दै हज समितिका अध्यक्ष मियाले त्यस्तो बताएका हुन ।

ृउनले विगतका समितिले गरेका गलत क्रियाकलापका कारण हज समितिमाथि जनताको बिश्वास नै कम भएकोले जन गुनासो बढेको बताए । उनले आफनो नेतृत्वको समितिले कुनै प्रकारको गलत निर्णय नलिने र जनताको मन जित्न सफल हुने दाबी समेत गरे ।

अध्यक्ष मियाले हजको कोटा बढाउने प्रयास जारी रहेको बताउदै सकारात्मक आलोचना गर्न सबैको अधिकार भएकोले गलतलाई गलत सहीलाई सही टिप्पणी गर्न अपिल गरे । अध्यक्ष मियाले हज यात्रीहरुलाई मक्का नजिकै राख्ने गरी टेण्डर अवहान गर्ने तयारी भएको समेत बताए ।

हज समितिले आफनो अनलाईन मार्फत हज समितिले गरी रहेको क्रियाकलापहरुलाई सार्वजानिक गर्ने तयारी गरेको र गृह मन्त्रालयद्धारा गठित हज समितिले हाजीहरुको इच्छा विपरीत कुनै निर्णय नलिने दाबी उनको छ ।

हज समितिका पूर्व अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरीले हजका लागि जाने हाजीहरुको फरक फरक चाहना हुने गरेकोले सबैको फरक फरक इच्छा पुरा गर्न समिति असमर्थ रहने बताउदै हजलाई व्यवस्थीत बनाउन तर्फ कुनै कसर बाँकी नराख्न हज समितिलाई सुझाव दिए ।

मुस्लिम अगुवा बाकर अलि राईले हज समितिले बिगतमा गरेको आर्थिक हिनामिनाका विरुद्ध अख्तीयारमा जाने तयारी गरेको बताउदै उनले वर्तमान हज समितिले जनताको पैसा दुरुपयोग गरे जनताले कारवाही गर्ने चेतवनी दिए ।

जामा मस्जिदका उपाध्यक्ष जियाउल हक हल्वाईले हजका लागि जाने क्रममा हज समिति हाजीहरुसंग थप पैसा लिने गरेको पाइएकोले यस्ता गलत कृयाकलापको अन्त्य गर्न सुझाव दिएका सथए ।

पूर्व महिला बालबालिका तथा समाज कल्याण राज्य मन्त्री जाकिर हुसेनले वर्तमान हज समितिले हजलाई व्यवस्थीत बनाउनका लागि सुझाव संकलन गर्नका लागि जिल्लामा पुगेको बताउदै भविष्यमा हजका लागि जाने हाजीहरुलाई अब समस्याको सामना गर्नु नपर्ने बताए ।

मौलाना मन्सुर आरफीले हाजीहरुको संख्या बढाउन हज समिति सकेन भने हज समितिमा रहेका सबै जनाले एक मुस्ट रुपमा राजीनामा दिन सुझाव दिनु दिए । कार्यक्रममा नोपल इक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष अब्दुल कविले हज समितिले गरी रहेको हरेक गतिविधिहरुको निगरानी गरी रहेको बताए ।

उनले हज समितिसंग सहकार्य गरेर हाजीहरुको व्यवस्थापनका सवालमा काम गर्न तयार रहेको बताए । इक्राले हज समिति र हाजीहरुको व्यवस्थापनमा महात्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।

कार्यक्रममा सहभागि अधिकाशले हजका लागि जाद हाजीहरुमाथि हुने गरेको बिभेदको अन्त्य गर्ने तर्फ लाग्न सबै हज समितिलाई सुझाव दिएका थिए । कार्यक्रम बाँकेका ६० जना मुस्लिम अगुवाहरुको सहभागिता रहेको थियो ।