‘ओली सरकार जनभावना विपरित छ, भ्रष्ट तस्करको संरक्षणमा छ’-कांग्रेस नेता पौडेल

राउतसँगको सहमतिबारे प्रष्ट पार्न माग

नवलपरासी। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केपी ओली नेतृत्वको सरकार जनभावना विपरित चलेको भन्दै भ्रष्ट, तस्करहरुको संरक्षणमा लागेको आरोप लगाएका छन ।

आज पश्चिम नवलपरासीको गुठीप्रसौनीमा नेपाल प्रेस युनियले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन । उनले सरकारले सुशासन कायम गर्न नसकेको आरोप समेत लगाएका छन ।

प्रधानमन्त्री ओली र सिके राउतसँग भएको सहमतिबोरे केतिपय कुराहरुले गम्भीर विषयहरु बाहिरीएको भन्दै उनले त्यो विषयमा प्रष्ट पार्नुपर्ने माग राखें । उनले उक्त विषयमा फरक फरक अभिव्यक्ति आएको भन्दै आक्रोश व्यक्त गरें ।

सरकारले चर्चित सुनकाण्ड र कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणका दोषीहरुलाई अझै कारबाही हुन नसक्नुले सरकारको असक्षमता देखाएको बताए । उनले सरकारले भ्रष्टहरुको ढाकछोप गर्ने काम गरिरहेको समेत बताए ।

उनले भने–‘सरकार जन भावना विपरित चलेको देखिन्छ, त्यसले गर्दा शान्ति सुरक्षा, सुशासन र विकासको काम कही पछि परेको छ । यसबाट जनताले न्यायको अनुभूति गर्न पाइएको छैन ।’