क्रान्तिकारी माओवादीद्धारा कम्युनिस्ट नेता श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा

नेताहरुद्धारा निरन्तर क्रान्तिको बाटोमा हिड्ने प्रतिबद्धता

काठमाडौं । नेपाली राजनीतिमा आफ्नो अलग पहिचान बनाएका त्यागि र परिवर्तनकारी आन्दोलनका अगुवा कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको सम्झानामा नेकपा (क्रान्तिकारी माओवादी) ले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

कम्युनिस्ट नेताहरु, बुद्धिजिवि, समाजसेवीहरुको उपस्थितिमा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिले आज घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानको सभा हलमा उक्त कार्यक्रम गरेको हो ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणको सभापतित्वमा सम्पन्न श्रदाञ्जली कार्यक्रमका अधिकाशं वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पिंढीका नेता, माक्र्सवादी सिद्धान्तका व्याख्याता, लेखक, अनुवादक कमरेड कृष्णदास श्रेष्ठले देखाएको वर्गिय समाज बदल्ने राजनैतिक आन्दोलनमा लाग्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन ।

श्रद्धाञ्जली सभाका वक्ताहरुले कम्युनिस्ट आदर्श पुरुष श्रेष्ठको बहुआयामिक व्यक्तित्व, कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र उनका मौलिक तथा अनुदित कृतिहरुका बारेमा चर्चा समेत गरे । श्रेष्ठले ६० भन्दा बढी पुस्तकहरु प्रकाशन गरेको बताइन्छ ।

वक्ताहरुले नेता श्रेष्ठले विना स्वार्थ माक्र्सवादी सिद्धान्तको प्रचारमा आफ्नो सम्पूर्ण जीवन व्यतित गरेको भन्दै नेपालको कम्युनिस्ट आन्दोलनले उनको योगदानलाई कहिल्यै पनि बिर्सन नहुने बताए ।

उक्त कार्यत्रक्रमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, कम्युनिस्ट आन्दोलनका पुरानो पुस्ताका नेता विष्णुबहादुर मानन्धर, माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईं, राजनीतिक तथा कुटनीतिक विश्लेषक हिरण्यलाल श्रेष्ठ लगाएतलले सम्बोधन गरेका थिए ।

त्यस्तै सभामा नेकपा मालेका महासचिव सिपी मैनाली, वैज्ञानिक समाजवादी पार्टी निर्माण अभियानका नेता आहुती, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वामपन्थी चिन्तक स्वनाम साथी, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, मसालका प्रवक्ता रामप्रकाश पुरी लगाएतले समेत नेता श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।

प्राध्यापक जगदीशचन्द्र भण्डारीले सञ्चालन गरेको उकत कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, परी थापा, पोलिट व्यूरो सदस्य दिनेश शर्मा लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली सभामा नेता श्रेष्ठको फोटोमा उनकी जीवन संगिनी महालक्ष्मी श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुले माल्र्यापण गरेका थिए । उनले देखाएको क्रान्तिको बाटोमा निरन्तर हिड्ने उनीहरुले एउटै मञ्चबाट प्रतिबद्धता समेत जनाएका थिए ।