प्रदेश सम्मेलनको तयारीमा देजमोः प्युठानमा दोश्रो जिल्ला भेला सम्पन्न

केसीको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित

प्युठान । भर्खरै १५ दिने मेची महाकाली राष्ट्रिय जनजागरण अभियान सकेको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल जिल्ला र प्रदेशको सम्मेलन, भेलाको तयारीमा जुटेको छ ।

मोर्चाको राष्ट्रिय सम्मेलन फागुन २४ गते काठमाडौंमा हुने भएकाले यतिबेला नेताहरु संगठन निमार्ण तथा सम्मेलनको तयारीका कामहरुमा सक्रिय भएका हुन ।

मोर्चाले संगठन निर्माणको अभियान अन्तर्गत सबै प्रदेश र जिल्लाहरुमा भेला सममेलन सम्पन्न गर्ने कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रम अनुसार मोर्चाको प्रदेश नम्बर तीनको सम्मेलन चैत्र १ र २ गते काठमाडौंमा हुने ललितपुरको कुपण्डोलमा हुने भएको छ ।

त्यस्तै प्रदेश नम्बर पाँचको सम्मेलन चैत्र पाँचर ६ गते हुने भएको छ । त्यस्तै अन्य प्रदेशको समेत तयारी भैरहेको बताइएको छ । देजमोले विभिन्न जिल्लाहमा भेला, सममेलन समेत गर्दै अघि बढेको खबरहरु प्राप्त भएका छन ।

देजमो प्रदेश नम्बर पाँचका संयोजक केबी गुरुङले हरपल नेपालसँग कुराकानी गर्दै प्रदेश सम्मेलनको तयारी र जिल्लाहरुमा भेला, सम्मेलनको अवस्थाबारे जानकारी गराएका छन ।

उनका अनुसार गत शनिवार मोर्चाले प्युठानमा दोश्रो जिल्ला भेला सम्पन्न गरेको छ । उकत भेलाबाट हिम बहादुर केसीको संयोजकत्वमा १५ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

उक्त भेलामा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा देजमो प्रदेश संयोजक गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज टिकाराम पौडेल, पार्टी सेक्रेटरी पहलमान बिष्ट, देजमो केन्द्रीय सदस्य गोपाल पौडेंल लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै अन्यउ जिल्लाहरुमा समेत भेला, सम्मेलनको तयारी भैरहेको उनले बताएका छन । मोर्चाको प्रदेश सम्मेलनको तयारी अन्तिममा पुगेको उनले बताए ।