क्रान्तिकारी माओवादीका नेताको घरमा बम भेटियोः पार्टीद्धारा कारबाहीको माग (विज्ञप्तीसहित)

घटनालाई आलटाल गर्न खोजे संर्घषमा उत्रने चेतावनी

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला नेताको घरमा अज्ञात समूहले बम जस्तो शंकास्पद वस्तु राखेको छ ।

क्रान्तिकारी माओवादीको पश्चिम नवलपरासीका जिल्ला समिति सदस्य प्रेम रिमालको सुनवल नगरपालिका ३ आसामवासी स्थित घरमा उक्त शकास्पद वस्तु फेला परेको हो ।

शनिवार राति खाना खाएर सुतेका रिमालका परिवारहरु बिहान उठ्दा ढोकाको छेउँमा कागजमा बम लेखिएको पर्चा सहित तार निस्केको कालो पोको देखेपछि आतंकित बनेका थिए।

त्यसस्तो शंकास्पद वस्तु देखेपछि पार्टी नेता, कार्यकर्ता र प्रहरीलाई खबर गरिएको थियो ।उक्त शंकास्पद वस्तु शनिवार रातिमा राखिएको अनुमान गरिएको छ ।

त्यो कस्ले, किन राख्यो र बम हो वा हाृईन भन्ने अझै एकिन नभएको पारिवारीक श्रोतले बताएको छ । उक्त विषयमा जानकारी पाएपछि जिल्ला प्रहरीबाट त्यहाँ विशेष टोली गएर सुरक्षित रुपमा त्यसलाई हटाएको खुल्न आएको छ ।

आफ्ना नेताको घरमा त्यस्तो शंकास्पद वस्तु राखिएको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको क्रान्तिकारी माओवादीको प्रदेश पाँचका सेक्रेटरी प्रेम सुवेदीले हरपलसँगको कुराकानीमा बताए ।

उनले दिउँस त्यस विषयमा छलफल भएको भन्दै पार्टीले समेत त्यसलाई सुक्ष्म रुपमा अध्ययन गर्ने बताए ।

आफ्ना जिल्ला नेताको घरमा त्रास फैलाउने काम गरेको भन्दै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नहरुको टानविन गरी कडा कारबाही गर्न प्रसाशनसँग माग गरेका छन ।

सेक्रेटरी चोलाले उक्त घटनालाई सामान्य रुपमा लिने वा अनुसन्धान नगरी दोषीलाई उन्मुक्ति दिने काम गरिएमा त्यसको विरुद्धमा कडा संघर्ष गर्ने चेतावनी दिदैं त्यस परिस्थितिको जिम्मेवार स्वयम राज्य हुनुपर्ने बताएका छन ।

रिमाल २०७४ सालको निर्वाचनमा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाबाट निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत हुन ।

त्यस विषयमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी राजेन्द्र भट्टले हरपल नेपालसँगको कुराकानीमा घटनामा संलग्नहरुको अनुसन्धान प्रकृया अघि बढाएको बताएका छन । उनले कस्ले किन त्यो गरेको हो भन्ने कुरा अहिले खुल्न नसकेको बताए ।

एसपी भट्टले उक्त घरमा भेटिएको बम भनिएको पोकोमा केही, तार र कालो धुलो जस्तो फोहोर वस्तु भेटिएको बताए । उनले आतंकित पार्ने सोचले त्यस्तो गरेको हुनसक्ने अनुमान गरिएको बताए ।

सेक्रेटरी चोलाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ–‘घटनामा संलग्नलाई छानविन गरि दोषी उपर कारवाही गर्न प्रशासन संग माग गर्दछौं । दोषी उपर कारवाही नभए कडा संर्घषमा उत्रने कडा चेतावनी दिन चाहन्छौं ।’ विज्ञप्तीको पूर्णपाठ यस्तो छ

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

जिल्ला समिति पश्चिम नवलपरासी

                                                                                    मितिः २०७५  /११/ २६
विषयः प्रेस विज्ञप्ती

उपरोक्त सम्बन्धमा हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ । क्रान्तिकारी आन्दोलनको रक्षा, विकास र प्रयोग गर्दै सर्वहरा वर्गको अग्रदस्ताको रुपमा रहेको हाम्रो पार्टीको देशव्यापी संघर्षको तयारीमा जुट्दै गएको कुरा यहाँहरुमा अभगत भएकै कुरा हो ।

यहि सन्दर्भमा हाम्रो पार्टीको गतिविधिबाट आत्तिएका केही अराजक तत्वबाट मिति २०७५ फागनु २५ गते राति हाम्रो पार्टीको जिल्ला समिति सदस्य क. प्रेम रिमालको सुनवलसुनवल नगरपालिका ३ आसामवासी टोलमा रहेको निवासमा बक राखिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएके छ ।

क्रान्तिकारी माओवादीसंग बैचारिक संर्घष गर्न नसक्ने तत्वबाट भएको यस किसिमको गैरराजनैतिक हर्कतको हाम्रो पार्टी घोर निन्दा एंवम भत्र्सना गर्दछ । साथै घटनामा संलग्नलाई छानविन गरि कारवाहीको दायरामा ल्याउन हाम्रो पार्टी प्रशासन संग जोडदार माग गर्दै दोषी उपर कारवाही नभए कडा संर्घषमा उत्रने चेतावनी यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौं ।

क्रान्तिकारी अभिवादन सहित !                                                                        ……………..

                                                                                                                          क. चोला
                                                                                                                           सेक्रेटरी