रोकिएनन्, सुन तस्करीका घटनाहरुः कैलालीमा दुई किलो सुनसहित दुई पक्राउ, अनुसन्धान जारी

दिउँस पत्रकार सम्मेलनः वास्तविकता सार्वजनिक गरिने

कैलाली । पछिल्लो समयमा सुन तस्करीका घटनामा बृद्धि भएको देखिन्छ । हिजोमात्र कैलालीको चिसापानीमा प्रहरीले २ किलो ३ सयग्राम सुन बरामद गरेको छ ।

चेकजाँचका क्रममा उक्त परिमाणको सुन भेटिएपछि प्रहरीले सोधखोज गर्दा शंकास्पद लागेकाले दुई जना मानिसलाई नियन्त्रणमा लिएको बताइएको छ ।

बरामद गरिएको सुन कहाँबाट, कुन उद्देश्यले ल्याइएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको बताइएको छ ।

हरपल नेपालसँग कुराकानी गर्दै चिसापानी प्रहरीले भन्यो–‘चेकजाँचका क्रममा यात्रुहरुको साथमा उक्त सुन फेला परेको हो । हामीले केही शंकास्पद लागेपछि अनुसन्धान गरिरहेका छौं। त्यसको वास्तविकता छिट्टै सार्वजनिक गछौं ।’

उक्त सुन चोररी वा तस्करीको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै उक्त आशंकामा पक्राउ परेका दुई जनाको विषयमा भने प्रहरीले अझै सार्वजननिक गरेको छैन । उनीहरुको विगतको विषयमा समेत अनुसन्धान भैरहेको खुल्न आएको छ ।

त्यस्तै उक्त अनुसन्धानमा फेला परेको तथ्य सहित आज चिसापानी प्रहरीले दिउँस एक बजेतिर पत्रकार सम्मेलन गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ । पत्रकार सम्मेलनमा पक्राउ परेका लाई समेत सार्वजनिक गरिने बताइएको छ ।