शहीद परिवारलाई सम्मान गर्दै क्रान्तिकारी माओवादीले मनायो शहीद सप्ताह (भिडियोसहित)

नेताहरुद्धारा शहीदले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) ले शहीद सप्ताहको सन्दर्भ पारेर एक कार्यक्रमबीच शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ ।

आज क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रीक मोर्चाले चितवनको भरतपुरमा आयोजना गरेको एक कार्यक्रमबीच शहीद परिवारलाई सम्मान गरिएको हो ।

मोर्चाद्धारा सञ्चालित अभियानको समापन गर्न आयोजित जनसभामा तत्कालिन माओवादीको जनयुद्ध र अन्य मुक्तिगामी आन्दोलनका क्रममा सहादत भएका विभिन्न १२ जना शहीदहरुको परिवारलाई उक्त सम्मान गरिएको हो ।

मोर्चाको अभियान टोलीको तर्फबाट सीपी गजुरेल र पार्टीको तर्फबाट हरीभक्त कडेंलले शहीद परिवारका सदस्यहरुलाई टीका र दोसल्लाद्धारा सम्मान गरेका थिए भने मञ्चमा उपस्थित अन्य अथितिहरुले यथास्थानबाट सघाँएका थिए ।

सम्मानित हुनेहरुमा एकै परिवारबाट बुवा, दाजु र भाई गरी तीन जना गुमाएका शहिद परिवारका सदस्य विरेन्द्र यादव, सहिद रञ्जिता गोलेको परिवार सदस्य जितु गोले, सहिद केशव राज न्यौपानेका परिवार मनकुमार न्यौपाने लगायत रहेका छन ।

त्यस्तै सम्मानित हुनेहरुमा जनयुद्धमा वेपत्ता पारिएकी महान योद्धा कमला न्यौपनेका श्रीमान दिनेश शर्मा, सहिद राजन कँडेलको छोरा सुदिप कँडेल, सहिद सन्तबहादुर गुरुङको छोरा चित्रबहादुर गुरुङ, मनिषा कुँवरको बुवा खड्कबहादुर कुँवर, केशव रिमालको बुवा विष्णु रिमाल, हरिबाबु सेढाईको परिवार सदस्य, तिलक खातीको भाई प्रितम खाती, विकास अधिकारीको भाई शरद अधिकारी, वेपत्ता विष्णु तिवारीकी जीवन संगिनी गंगा तिवारीलगायत रहेका छन ।

मोर्चाको १५ दिने अभियानको समेत उक्त कार्यक्रमबीच समापन गरिएको छ । देजमोको सचिवालय सदस्य तथा प्रदेश नम्बर तीनका संयोजक पवनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न जनसभाको सञ्चालन मोर्चाका सचिवालय सदस्य तथा प्रदेश पाँचका संयोजक केवी गुरुङले गरेका थिए ।

जनसभामा पार्टीका स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, हरिभक्त कडेंल प्रतिक, मोर्चाका केन्द्रीय सचिव परि थापा लगाएतको आतिथ्यता रहेको थियो ।

त्यस्तै पार्टीका सल्लाहकार समिति संयोजक डा. ओम गुरुङ, पार्टी पोलिटव्यूरो सदस्य इन्द्रमोहन सिग्देल, सीताराम तामाङ, कमल चौधरी, केशबहादुर परियार, चन्द्रहरि सुवेदी, दिनेश शर्मा, प्रेम सुवेदी, केबी गुरुङ लगायतका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा मोर्चाको सचिवालय सदस्य अम्बिका मुडभरी, पार्टी सल्लाहकार भुमेशवर कँडेल, मगर मोर्चाका अध्यक्ष निलबहादुर पुन, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विरेन्द्र यादव, दलित मुक्ति मोर्चाका अध्यक्ष अमर परियार, तामाङ मोर्चाका अध्यक्ष फुर्नाम्गेल मोक्तान लगायतका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।

रहेका थिए । सभालाई स्वागत नेतृ अम्बिका मुडभरीले गरेकी थिइन् । समापन सभामा सामना साँस्कृतिक परिवारको केन्द्रीय टोलीले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा नेता मुडभरीले स्वागत भाषण गरेकी थिइन भने डा ओम गुरुङले अभियान टोलीलाई बधाई ज्ञापन गरेका थिए । जनसभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले शहीदको सपना पुरा गर्ने प्रतिबद्धता जनाए । उनहिरुले शहीदले देखाएको बाटोमा अघि बढ्ने र अपुरो क्रान्ति पुरा गर्ने उद्घोष गरे ।

कार्यक्रमको शुरुमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले स्वागत गीत गायका थिए भने कार्यक्रमको बिचबिचमा कलाकारहरुले गीत, नृत्यका प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । कलाकारहरुको प्रस्तुतिले कार्यक्रमको थप आकर्षण बढाएको थियो ।

उक्त कार्यक्रममा सयौको सख्यामा मानिसहरुको उपस्थिति रहेको थियो । नेताहरुले मञ्चमा बोल्दै गर्दा पछाडी सुन्न बसेका मानिसहरुले त्यसलाई तालीले स्विकार गर्दै आन्दोलनमा जानुपर्नेमा समर्थन गरेका थिए ।

उक्त कार्यक्रममा मोर्चाका अध्यक्ष गजुरेल, सचिव परि थापा र पार्टीका प्रवक्ता हरीभक्त कडेंल प्रतिक लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रम अवधिभर सहभागिहरुले ध्यानपूर्वक नेताहरुको कुरा सुनेका थिए ।