सडकबाटै दमनको प्रतिकार गर्ने नेता कडेंलको राज्यलाई चेतावनी

पक्राउ परेका कार्यकर्ता रिहाईको माग

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलले शहीदले देखाएको बाटोमा आफ्नो पार्टि निरन्तर अघि बढ्ने बताएका छन ।

पार्टी समर्थित देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले गत सा गते शुरु गरेको १५ दिने मेची महाकाली अभियानको आज चितवनका चौबिसकोटीमा आयोजना गरेको समापन कार्यक्रमलाई सम्बोधन गर्दे उनले त्यस्तो बताएका हुन ।

उनले नेताहरुको धोका र गद्दारीका कारण सहिदहरुका सपना र संघर्ष पूरा नभएको चर्चा गर्दै क्रान्तिकारी माओवादी पार्टी सहिदहरुले देखाएको बाटोमा निरन्तर अगाडि बढ्ने बताए ।

पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेची–महाकाली अभियानको समापन सभालाई चितवनमा सम्बोधन गर्दै प्रवक्ता कँडेलले यस्तो बताएका हुन् ।

नेता कँडेलले व्यवस्था परिवर्तनका लागि अभियानको क्रममा जनताले पार्टी तथा मोर्चालाई आन्दोलन तथा संघर्षको म्याण्डेट दिएको चर्चा गर्दै वर्तमान दलाल संसदीय व्यवस्था फालेर जनताको व्यवस्था नल्याएसम्म क्रान्तिकारी माओवादीको संघर्षको यात्रा नरोकिने दावी गरे ।

प्रवक्ता कँडेलले वर्तमान दलाल सरकार क्रान्तिकारी शक्तिका विरुद्ध निरंकुश रुपमा प्रस्तुत भइरहेको चर्चा गर्दै अभियानको क्रममा सुर्खेत जनसभाका दिन मिलन शाही र रमेश कडेंललाई प्रहरी पक्राउ गरि बिना कारण दुख दिएको भन्दै रिहाईको माग समेत गरे ।

उनले हिरासतमा रहेका आफ्ना कार्यकर्ताहरुको रिहा नगरे त्यसको जवाफ जनताले सडकबाट दिने उनले चेतावनी दिए । उनले राज्यको दमनकारी नीति बढ्दै गएका त्यसको प्रतिकार गरिने उनको भनाई थियो ।