जनआन्दोलनबाट ओली सरकारको बिदाई गर्ने क्रान्तिकारी माओवादीको तयारी (भिडियोसहित)

सडक संघर्षका कार्यक्रम निरन्तर जारी राख्ने घोषणा

विरगञ्ज । नेपकपा (क्रान्तिकारी माओवादी) ले पार्टी निकटका विभिन्न मोर्चा र संघ, संगठनहरुलाई वर्तमान संसदीय व्यवस्था र त्यसको रक्षा कवजको रुपमा देखिएको ओली सरकारको बिदाई गर्न तेश्रो जनआन्दोलन गर्न निर्देशन गरेको छ ।

पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चाले देशव्यापी रुपमा सञ्चालन गरिरहेको मेची महाकाली अभियानको क्रममा विरगञ्ज पुगेको अभियान टोलीले आज पत्रकार महासंघको सभा हलमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत त्यस्तो बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा मोर्चाका अध्यक्ष सीपी गजुरेल गौरवले संसदीय व्यवस्था रहेसम्म सरकारको नेतृत्व जस्ले गरेपनि त्यो जनघात, राष्ट्रघातका कामहरु जारी रहने भन्दै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिए ।

उनले भने–‘सरकार फासिवाद उन्मुख देखिन्छ, राष्ट्रियता कमजोर भएको छ, जनताका समस्या बढिरहेका छन , मुलुकमा ब्याथिति, भ्रष्टिकरण, दलालली करण बढेको छ, अब त्यसको विकल्प खोज्नुपर्छ । त्यसका लागि अर्को चरणको जनआन्दोलनको तयारी गर्नु आवश्यक छ ।’

उनले सडक आन्दोलनको शक्तिबाटै एकात्मक राजातन्त्रात्म व्यवस्था ढलेको कुरा स्मरण गदै वर्तमान ओलीले रक्षाकवज गरिरहेको संसदीय वयवस्थको अन्त्य पनि सडक संघंषबाटै गर्न सकिनेमा उनको जोड थियो ।

उनले आफुहरुले जनयुद्ध र जनआन्दोलनमा दलाल र पूजिवादीहरुको पक्षमा काम गर्ने लोकतान्त्रीक गणतन्त्र नभै संघीय जनगणतन्त्र मागिएको बताए । उनले मुलुकको निकास र सबै समस्याहरुको समाधान जनगणतन्त्रको स्थापनापछि मात्रै सम्भव हुने उनको भनाई थियो ।

उनले सडक संर्घषमा आफ्नो पार्टीको मुख्य तयारी भएको तर राज्यले त्यस्ता गतिविधिहरुमा हस्तक्षेप गरेमा भने त्यहि दिनबाटै क्रान्तिको घोषणा गरिने बताए । उनले पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिदैँ भने–‘हामी जनताको न्यायका लागि आन्दोलन र क्रान्तिको तयारी गर्दैँ छौ, त्यो पुरा गरेरै छाड्छौ ।’

उनले बारम्बार आन्दालन र क्रान्तिमा जानु जनताको बाध्यता रहको भन्दै त्यो अनिर्वाय भएको बताए ।

उक्त कार्यक्रममा पार्टीका प्रवक्ता हरीभक्त कडेंल, पोलिटव्यूरो सदस्य कमल चौधरी, कृष्णदेवसिंह दनुवार, केन्द्रीय सदस्य विरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।