सीमावर्ती क्षेत्र महलियासागर बाँधको देजमोद्धारा निरिक्षण: सीमा अतिक्रमणको विरोध

राष्ट्रियता कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त

कपिलवस्तु । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगाणतान्त्रीक मोर्चा नेपालको पश्चिम अभियान टोलीले आज कपिलवस्तुको सीमावर्ती क्षेत्र महलिसागर बाँधको निरिक्षण तथा अनुगमन गरेको छ ।

मार्चाका केन्द्रीय सचिव परी थापको नेतृत्वका रहेको उक्त अभियान टोलीले सीमा क्षेत्रको पिलर नम्बर ५१ को निरिक्षण गर्दे स्थानीय नागरिकहरुसँग त्यहाँको समस्याका विषयमा छलफल गरेको बताएको छ ।

अभियान टोलीका नेता परी थापाले त्यहाँ पत्रकारहरु समक्ष कोण सभाको सम्बोधन गर्दै प्रदेशको नक्सामा ओली सरकारले मुलुकको दश हजार १९ वर्ग किलोमिटर जमिन गायव गरेको भन्दै त्यसको आलोचना गरे ।

नेता थापाले मुलकको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या बढ्दै गएको भन्दै राज्यलाई सचेत गराएका छन । उनले देश र जनताको पक्षमा काम नगरे संसदीय व्यवस्थालाई सडकबाट खारेज गर्ने भ्नदै कडा चेतावनी दिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी कपिलवस्तुका इन्चार्ज समिर केसी, पार्टीका केन्द्रीय सदस्य हिरामणी दुखी, शिशिर, लगायत मोर्चा र अन्य जनवर्गिय संगठनका नेताहरुको उपस्थिति रहेको छ ।

अभियान टोलीक सिमा क्षेत्र निरिक्षणको कार्यक्रममा स्थानीय पत्रकारहरुको उपस्थिति रहको बताइएको छ । त्यहाँ स्थानीयवासीहरु समेत सामेल भएका छन ।

अभियान टोली आज कपिलवस्तुका विभिन्न स्थानमा कार्यक्रम सकेर श्रपन्देही तर्फ अघि बढ्ने बताइएको छ ।