तराईका मधेशीहरु सीमानाको पहरेदार हुन, अधिकारको लडाईमा हाम्रो साथ छः नेता गजुरेल (भिडियोसहित)

‘तराईवासीलाई दोश्रो श्रेणीको नागरिक बनाइयो’

सर्लाही । देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले तराई मधेशका जनताहरु सीमाक्षेत्रको पहरेदार बनेर महत्वपूण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद ज्ञापन गरको ।

मोर्चाद्धारा हिजो सर्लाहीको सदरमुकाम मलंगमा आयाेजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले त्यस्तो बताएका हुन ।

उनले मधेशी जनताले आफ्नो अधिकारको लागि राज्यसँग राखेको माग जायज भएको भन्दै नागरिकको अधिकारको लागि गरिने कार्यक्रममा मोर्चाको सहयोग समर्थन रहने विषयमा स्पष्ट पारे ।

उनले भनें–‘देशभक्त नागरिकको मागलाई छाडेर अहिले मधेशवादी दलहरु जनघाती, राष्ट्रघाती सरकारलाई सघाउँदै छ, यो गम्भीर समस्याको विषय हो ।’

पहाडीया अहंकारवाद र ब्राहणवादले मधेशीहरुमा भेदभाव गरेको भन्दै उनले ति सबै समस्याहरुको हलका लागि तेश्रो जन आन्दोलन गर्नुपर्नेमा जोड दिए ।

उनले भने–‘राज्यले मधेशी जनतालाई दोश्रो श्रेणीको नागरिककको व्यवहार गर्ने गरेको छ, त्यसको हामीहरुले विरोध गरिरहेका छौं ।’

उनले जस्तोसुकै अवस्थामा पनि सीमा क्षेत्रमा बसेर मुलुकको सीमानाको सुरक्षा तथा निगरानी गर्ने काम त्यहाँका स्थानीयवासीले गरिरहेकोमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

राज्यले उनीहरुलाई देशभक्त नभएको भन्दै विभिन्न आक्षेपहरु पनि लगाएको र त्यो गलत भएको उनको भनाई थियो ।

माेर्चाले त्याे नीतिलाइ सच्याउन समेत राज्यलाई सचेत बनाएको छ । बाँकी भिडियोमा हेर्नुहोस्