अफगानिस्तानको कारबाहीबाट आठ तालिबान लडाकूको मृत्यु

तालिबान विरुद्धको कारबाही जारी

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् ।

सेनाका प्रवक्ता मोहमद हनिफ रेजाइले बिहीबार उक्त कारबाहीको जानकारी दिएका छन। सुरक्षाबलले बुधबार बिहान चम्ताल जिल्लाको दुई इलाकामा गरेको कारबाहीको क्रममा ती लडाकू मारिएको प्रवक्ता रेजाइले बताइन ।

सो इलाकामा केही समययता तालिबान लडाकू विरुद्ध सरकारी कारबाही जारी रहेको अधिकारीले जानकारी दिएको छन् । तालिबान लडाकू समूहले भने यस विषयको कुनै टिप्पणी गरेका छ्र्रैनन् । रासस/सिन्ह्वा