महोत्तरीका ६ स्थानमा कोणसभाः जलेश्वरमा पत्रकार भेटघाट सम्पन्न

अभियान टोली आज दिउँस सर्लाही प्रस्थान

महोत्तरी । देशभक्त जनगणतान्त्रीक मोर्चाको पूर्वि अभियान टोली धनुषाको अधियान सकेर १४ गते साँझ महोत्तरी प्रवेश गरेको थियो ।

अभियान टोलीले महोत्तरीका विभिन्न ६ स्थानमा कोण सभा र जलेश्वरमा पत्रकार भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको अभियान सकेर आज दिउँस अभियान टोली सर्लाहीफर्त प्रस्थान गर्ने बताइएको छ । अभियान टोलीले सर्लाहीका बनौटा, रामगोपालपुर टिकुलिया, राकगोपालपुर, गौशाला, बर्दिवास लगायतका स्थानमा कोणसभा गरेको छ ।

महोत्तरीको कार्यक्रम सकेर सर्लाहीमा उक्त अभियान टोली जाने र त्यहाँ अन्तरक्रिया र कोण सभाका कार्यक्रमहरु आयोजना गरिने बताइएको छ ।

सर्लाहीमा आज मलङ्वा लगाएतका स्थानमा कोण सभा अयोजना गरिने भएको छ ।

त्यस्तै उक्त अभियान टोली आज राति सर्लाहिमा बस्ने र भोली बिहान सीमा क्षेत्रकको अनगमनको कार्यक्रम गर्ने तयारी समेत गरिएको छ ।