देजमोको अभियानः यस्ता छन आजका कार्यक्रमहरु

सुर्खेतमा जनसभाः सिराहमा कोणसभा

सुर्खेत । देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले गत मंगलबारदेखि देशव्यापी रुपमा शुरु गरेको पन्द्र दिने मेची महाकाली जनजागरण अभियान अन्तर्गत आज सुदुरपश्चिमबाट शुरु भएको अभियान टिमले प्रदेश नम्बर ६ को सुर्खेतमा विशाल जनसभा गर्ने भएको छ ।

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा प्रदेश ६ का निमित्त सेक्रेटरी कृष्ण गुरुङले हरपल नेपालसँग कुराकानी गर्दै त्यस्तो जनाएका हुन ।

सुर्खेतमा हुने जनसभालाई प्रमुख अतिथिको आसनबाट क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय सचिव परी थापाले सम्बोधन गर्ने भएका छन ।

त्यस्तै उक्त जनसभामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश सात र ६ का इन्चार्ज रामसिंह श्रीसले विशेष अतिथिको रुपमा सम्बोधन गर्ने भएका छन ।

कार्यक्रम अहिले बिहान ११ बजे सुर्खेतको पिपल चौतरा चोकमा शुरु हुने भएको छ । सभाका लागि सुर्खेतसँग जोडिएका प्रदेश ६ का जिल्लाहरुबाट समेत मानिसहरु आउने बताइएको छ भने प्रदेशका पार्टी नेता, कार्यकर्ताहरु पनि उपस्थित हुने भएका छन ।

उक्त अभियान टोलीले जनसभा लगत्तै सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गर्ने बताइएको छ । उक्त टोलि आज सुर्खेतका विभिन्न स्थानको कार्यक्रम सकेर साँझ बाँके जिल्लामा फकिैने कार्यक्रम रहेको छ ।

यस्तो छ उक्त अभियान टोलीको आजको कार्यक्रम
१) बिहान जनसभा, ११ बजें, पिपल चौतारा सुर्खेत
२) पत्रकार सम्मेलन, दिउँस
३) कोण सभा, छिन्छु सुर्खेत, दिउँस २ः३० बजे
४) साँझा अभियान टोली बाँके प्रस्थान

त्यसैगरी सुदुरपूर्वको झापाबाट सुरु भएको अभियान टोलीले आज सिराहको विभिन्न स्थानहरुमा कोणसभा, छलफल गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

उक्त टोली आज साँझ सबै कार्यक्रम सकेर सिराहको लहानमा बास बस्ने भएको छ । त्यस्तै भोली बिहान धनुषा जाने र साँझ महोत्तरी पुग्ने टोलीको कार्यक्रम रहेको छ ।

यस्ता छन आजका कार्यक्रमहरु
१) सिराहा सदरमुकाममा कोण सभा, ११ः३० बजे
२) चोहरर्वामा कोण सभा १२ः ३० बजे
३) गोलबजारमा कोण सभा, २ः ३० बजे
४) लहानमा कोण सभा, साँझ ५ बजें
५) लहानमा बास बस्ने