संसदीय व्यवस्थाको विकल्पका लागि जनतालाई सडकमा उत्रिन देजमोको आह्वान

सरकारले शिक्षा, स्वास्थ्यमा व्यापार गरेको आरोप

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका केन्द्रीय सचिव परी थापाले वर्तमान संसदीय व्यवस्था दलाल, तस्कर, माफीया, भ्रष्टचारी र अपराधीको संरक्षमा लागेको भन्दै त्यसको विकल्प खोज्नका लागि जनतालाई सडकमा उत्रिन आह्वान गरेका छन ।

क्रान्तिकारी पत्रकार महासंघ बाँके शाखाले आज नेपालगञ्जको होटेल पिस प्लाजामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले त्यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा बोल्दै नेता थापाले कार्यक्रमको शुरवातमा मुलुकको समसामयीक राजनीतिक अवस्था र मोर्चाले गत मंगलबारदेखि शुरु गरेको पन्द्र दिने मेची महाकाली राष्ट्रिय जनजागरण अभियानको उद्देश्यबारे संगठनको धारणा राखेका थिए ।

उनले कार्यक्रममा बोल्दै मुलुकमा राज्य संचालकहरुकै संरक्षणमा चमक भ्रष्टाचार, अपराधहरु हुने गरेको बताए । उनले वर्तमान सरकार नामको कम्युनिष्ट भएपनि त्यसले दलाल पूजिपति वर्गको सेवा गरिरहेको भन्दै व्यवस्थाको विकल्प नखोज्दासम्म समस्या दोहोरिरहने बताए ।

‘सरकार जनताको सुविधा भन्दा दलालहरुको हितमा अगाडि बढेको देखिन्छ, यसले देश र जनताको पक्षमा कुनै काम गर्ने सम्भावना छैन, अब हामीले कहिलेसम्म जनघाती, राष्ट्रघाति व्यवस्थालाई टिकाउँने ? यसको विकल्प खोज्ने कि नखोज्ने ?’– उनले प्रश्न गरे ।

उनले सरकारको नेतृत्व गरेको नेकपा र त्यसका नेताहरुको भनाई र गराईमा फरक भएको भन्दै उनीहरुबाट कुनै अपेक्षा गर्न नसकिने तर्क गरे ।

देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले गत मंगलकबारदेखि राष्ट्रियता, जनतन्त्र, जनजीविकाको अवस्था, राज्यद्धारा सिर्जित तमाम समस्याहरु, त्यसको कारण र विकल्पको विषय लिएर जनताहरुसँग छलफलका लागि पन्द्र दिने देशव्यापी अभियान सञ्चालन गरिरहेको विषयमा प्रकाश पारें ।

उनले सत्ताँरुढ नेकपाले जनतामा भ्रम दिदैँ सरकारको नेतृत्व गरिहेको भन्दै त्यसबाट सिर्जित सबै प्रकारका भ्रमहरु चिर्न, जनअधिकारको सुनिश्चिता गर्न र वर्तमान संसदीय व्यवस्थको विकल्पमा सडक आन्दोलनलाई ब्यवस्थीत गर्नका लागि मोर्चाले उक्त अभियान चलाएको बताए ।

उनले सरकार र व्यवस्थाका कारण सर्वसाधारण नागरिक, मजदुर, किसान तथा शोषित, पििडत वर्ग समूदायको हक, अधिकारको हनन भएको भन्दै त्यसको लागि अहिलेको व्यवस्था र पात्रहरु फेरिने गरी जनताको व्यवस्था ल्यानउ संघर्ष गर्नुपर्नेमा जोड दिए ।

नेता थापाले सरकारले नागरिकको आधारभूत आवश्यकताको सुविधा दिनुको साटो शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा व्यापारीकरण गरेको आरोप लगाए ।

नेता थापाले कार्यक्रममा उपस्थित पत्रकारहरुले राखेका प्रश्न, जिज्ञासाको समेत जवाफ दिएका थिए । उनले जनताको अधिकार संघीय जनगणतन्त्रको स्थापनाबाट मात्र सुनिश्चित हुने भन्दै त्यसका लागि जनतालाई सडक आन्दोलनको लागि उत्रिन आह्वान समेत गरें ।

मोर्चाले चैत्र २४ गते वर्तमान व्यवस्थको विकल्प सहित राजधानी काठमाडौंमा वृहत शकित प्रदर्शन गर्ने तयारी समेत गरेको छ । मोर्चाको नेतृत्वमा अर्को जनआन्दोलन गर्ने उनले संकेत गरेका छन ।

क्रान्तिकारी पत्रकार महासंघका बाँके अध्यक्ष दिनेशकुमार श्रीवास्तवले सञ्चालन गरेको उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज संङ्कुल, पार्टीका केन्द्रीय सदस्य तथा जनसाँकृतिक महासंघका महासचिव हिरामणि दुखी, पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज शिशिर लगाएतका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु, पार्टी र मोर्चाका नेता, कार्यकर्ताहरु गरी दजनौंको उपस्थिति रहेको थियो ।

मोर्चाले बाँके बर्दियाका विभिन्न स्थानहरुमा कोण सभा, जनसभा, अन्तरक्रिया र छलफल चलाउँदै आएको छ । अभियान टोली भोलि बिहान प्रदेश नम्बर ६ को सुर्खेततर्फ प्रस्थान गर्ने बताइएको छ ।