सप्तरीका पाँच स्थानमा भव्य कोणसभाः अभियान टोलीद्धारा सुभेच्छुकहरुसँग भेटघाट

बढ्दो जनसमर्थनः सघर्षको माग

सप्तरी । पूर्वको झापाबाट अघि बढेको देजमोको मेची महाकाली अभियान टोलीले शुक्रबार साँझदेखि शनिवार साँझसम्म पुग्दा विभिन्न पाँच स्थानहरुमा भव्य कोण सभा गरेको बताइएको छ ।

अभियानले जिल्लामा नेता, कार्यकर्ता र नागरिकमा संघर्षका लागि राम्रो उत्साह थपेको क्रान्तिकारी माओवादीका प्रदेश दुईका सेक्रेटरी कृष्णसिंह दनुवारले बताए ।

अभियान टोलीले कोशि व्यारेज, राजविराजको नेता चोक, कल्याणपुर, शिसुनिया, कौसिलानगर लगायतका स्थानमा भव्य कोण सभा गरेको हो ।

उकत सभालाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, पार्टीका स्थायी समिति सदस्य हरीभक्त कडेंm प्रतिक, पोलिट व्यूरोहरु कमल, कृष्णसिंह लगायत केन्द्ीय सदस्यहरु र मोर्चा, संगठनका नेताहरुले सम्बाधन गरका थिए ।

कोणसभाको क्रममा स्थानीय नागरिकहरुले सरकार जनघात तर्फ उन्मुख रहेको भन्दै त्यसको विकल्प खोज्न देजमोका नेताहरुलाई सुझाव दिए । उनीहरुले संघर्षलार्य घनिभूत बनाउदै बढ्नु पर्नेमा जोड दिए ।

देजमोका अध्यक्ष सीपी गजुरेलले सम्बोधनका क्रममा देजमोले सवकल्प सहित वर्तमान व्यवस्थ खारेजीको मुद्धा उठाएको भनदै त्यसका लागि सडक आन्दोलन ब्यवस्थीत गनुर्पेमा जोड दिए ।

उनले मुलुकको लागि संघीय जनगणतन्त्र आवश्यक रहेको भन्दै त्यसबाट मात्र देश र जनताको संवृद्धि सम्भव हुने तर्क गरें ।

अभियान टोलीद्धारा आज सिराहको सीमावर्ति क्षेत्रको निरिक्ष तथा विभिन्न स्थनमा कोण सभाहरु गरिने भएको छ । अभियान उत्साहपूर्व अघि बढेको बताइएको छ ।