क्रान्तिकारी माओवादी मकवानपुरको सेक्रेटरीमा पारस: २३ सदस्यीय कमिटी निर्वाचित

दलाल, तस्कर विरुद्ध कारबाहीको तयारी

मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरको जिल्ला भेला आज सम्पन्न भएको छ । जिल्ला भेलाबाट सेक्रेटरीम पारस नेपाली निर्वाचित भएका छन ।

मकवानपुरको हेटौंडा बजार स्थित दर्शन पार्टी प्यालेसमा आज उक्त भेला सम्पन्न भएको हो । भेलाबाट २३ सदस्यीय जिल्ला कमिति निर्वाचित भएको बताइएको छ ।

निर्वाचित कमिटीको पहिलो बैठकले सेक्रेटरीमा नेपालीलाई चनय गरेको हो । यसअघि मकवानपुरको सेक्रेटरीमा सागर उप्रेती रहेका थिए ।

उक्त बैठकले एक जना पछि थप्ने गरी २३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको क्रान्तिकारी माअ‍ेवादीक केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज खुर्वाले हरपल नेपालसँग बताए ।

त्यसैगरी उक्त बैठकले सात सदस्यीय सचिवालय समेत गठन गरेको बताइएको छ । बैठकले पार्टी र मोर्चा तथा अन्य संघ, संगठनहरुको केन्द्रीय योजनालाई जिल्लाको सापेक्षतामा सहयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै पछिल्लो चरणमा क्रान्तिकारी माओवादी दलाल, तस्करमाथि कारबाही गर्दै आएकोमा क्रान्तिकारी माओवादी मकवानपुरले समेत जनतालाई काम कारबाहीमा समस्या खडा गर्ने, अनियमिततामा मुछिएकाहरुलाई कारबाही गर्ने भन्दै चेतावनी दिएको छ ।

उक्त भेलामा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर तीनका सेक्रेटरी दिनेश शर्मा सागरको प्रमुख आतिथ्यता रहेको थियो भने पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खुवाको विशेष उपस्थिति रहको थियो ।