कञ्चनपुरमा देजमोको अभियानः ठाउँ ठाउँमा कोण सभा र छलफल

कैलालीबाट अभियान टोली शुक्रबार बर्दिया प्रस्थान

कैलाली । मंगलबार प्रदेश नम्बर सात अन्तर्गत कञ्चनपुरको गड्डाचौकीमा भव्य कार्यक्रमबिच शुरु भएको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको मेची महाकाली अभियान आजपनि जिल्लाका विभिन्न स्थानहरुमा काणसभा, भेटघाट तथा छलफलहरु गर्दै अघि बढ्ने बताइएको छ ।

मोर्चाका अनुसार सुदुरपश्चिम अभियान टोलीले आज कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र आसपासका अन्य क्षेत्रमा कोणसभा गर्ने भएको छ ।

उक्त टोली आज बिहान झलारीबाट अघि बढ्दै विभिन्न स्थानमा सभा, छलफल तथा भेटघाटका कार्यक्रमहरु सम्पन्न गरेर भोलि बिहान कैलाली जिल्ला तर्फ प्रस्थान गर्ने भएको छ ।

यस्तो छ, कैलालीमा अभियान टोलिको कार्यक्रम

उक्त अभियान टोलि कैलालीमा भने एक दिन मात्र रहने भएको छ । कैलालीमा समेत अभियान टोलिद्धारा विभिन्न स्थानहरुमा कोण सभा, भलफल गर्दै अघि बढ्ने मोर्चाको ७ नम्बर प्रदेश संयोजक रामबहादुर केसी डायमण्डले हरपल नेपालसँगको कुराकानीमा बताएका छन ।

मोर्चाका प्रदेश संयोजक केसीका अनुसार अभियान टोलिले विहीबार बिहान कैलालीको भन्सार क्षेत्रमा कोणसभा आयोजना गर्ने भएको छ । उक्त कोणसभाको कार्यक्रमपछि जिल्ला सदरमुकाम धनगढीको चौराहमा अर्को सभा हुने उनले बताए ।

त्यसैगरी शुक्रबार जिल्लाको जोशिपुर, भजनी नगरपालिका, टिकापुर नगरपालिकाको बजार क्षेत्र लगायतका स्थानहरुमा कोणसभा, भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गर्दै साँझ बर्दियाको राजापुरतर्फ अघि बढ्ने बताइएको छ ।

उक्त अभियान टोलिलाई शुक्रबार साँझ नै बर्दियामा स्वागत गरिने भएको छ । क्रान्तिकारी माओवादी बाँके, बर्दियाका इन्चार्ज संकुल शर्माका अनुसार जिल्लाका विभिन्न स्थानहरुमा कोणसभा, अन्तरक्रिया जस्ता कार्यक्रमहरु गर्ने योजना बनेको छ । बर्दियाको राजापुर, भुरिगाउँ, ताराताल, गुलरिया, बाँसगढी लगायतका स्थानहरुमा भव्य रुपमा कार्यक्रम सम्पन्न गरिने भएको छ ।

उक्त अभियान टोलीको नेतृत्व मोर्चाका केन्द्रीय सचिव परी थापाले गरेका छन । अभियान टोलीमा पार्टीका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज रामसिंह श्रीस राजवीर, पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर सातका सेक्रेटरी चन्द्रहरी सुवेदी अटल, पार्टीको पोलिटव्यूरो तथा मोर्चाको केन्द्रीय सचिवालय सदस्य केबी गुरुङ, पार्टी केन्द्रीय सदस्यहरु दिपक शाही, हिरामणी दुखी, रामबहादुर केसी, क्षितिज लगायतका नेताहरु सहभागि रहेका छन ।

अभियान टोलिमा प्रदेश नम्बर पाँच, छ र सातबाट पार्टी तथा मोर्चा र संगठनहरुका दजर्नौ नेताहरु सहभागि भएको बताइएको छ । उक्त अभियान टोलि बर्दियापछि बाँके, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, नवलपुर हुँदै २१ गते चितवन पुग्ने छ ।