कञ्चनपुरमा देशभक्त जनगणतान्त्रक मोर्चाद्धारा पत्रकार सम्मेलन

अभियानको उद्घाटन भोलि गड्डाचौकीबाट गरिने

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गर्न लागेको मेची महाकाली राष्ट्रिय जनजागरण अभियानको विषयमा जानकारी गराउने उद्देश्यले आज कञ्चनपुरमा पत्रकार सम्मेलन गरेको छ ।

देजमो कञ्चनपुरको आयोजनामा महेन्द्रनगर बजारमा उक्त पत्रकार सम्मेन गरिएको हो । मोर्चाले महेन्द्रनगरको गडडाचौकीबाट भोलि मेची महाकाली अभियान को उद्घाटन गर्ने भएको छ ।

देशमा दलालीकरण, भष्टाचार, तस्करी, सामाजिक अपराधहरु मौलाएको र भारतीय पक्षबाट सीमाक्षेत्रमा पटक पटक हस्तक्षेप भएको स्मरण गर्दै उक्त जनजागरण अभियानको उद्घाटन पश्चिमको गड्डाचौकीबाट गर्न लागेको मोर्चाको प्रदेश नम्बर सातका संयोजकका संयोजक रामबहादुर केसी डायमण्डले बताए ।

मोर्चा संयोजक डायमण्डका अनुसार पश्चिमको अभियान टोलीले महेन्द्रनगरको गडडाचौकीमा भोली १२ बजे उद्धाटन गर्ने भएको छ । उद्घाटनका लागी क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा मोर्चाका केन्द्रीय सचिव परी थापा कञ्चनपुर पुगि सकेका छन भने पार्टीको स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज रामसिंह श्रीस पनि तयारीमा जुटेको बताइएको छ ।

उभियान उद्घाटन समारोहपछि महेन्द्रनगरको झलारी बजारमा कोणसभा गर्ने मोर्चाले तयारी गरेको छ । अभियान फागुन २१ गते चितवनको भरतपुरमा पुगेर समापन हुने बताइएको छ । अभियानमा पार्टी, मोर्चाका नेता, कार्यकर्ता सहित सर्वसाधारण नागरिक गरी सयौंको सहभागिता हुने बताइएको छ ।

कार्यक्रम मोर्चाको कञ्चनपुर जिल्ला अध्यक्ष बिष्णु राम दमाईको अध्यक्षता तथा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अतिथिमा प्रदेश सेक्रेटरी चन्द्रहरि सुवेदी अटल, क्रान्तिकारी माओवादी कञ्चनपुर जिल्ला इन्चार्ज क्षितिज, कञ्चनपुर जिल्ला सेक्रेटरी हरि सुवेदी,अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रामबहादुर महरा रहेका थिए भने कार्यक्रम बिष्णुराम दमाईले सञ्चालन गरेका थिए ।