Breaking News: भर्खरै गयो काठमाडौंमा ४ रेक्टरको भुकम्प

दक्षिण क्षेत्र भूकम्पनको केन्द्र बिन्दु

काठमाडौं। भूकम्प मापन केन्द्रले काठमाडों उपत्यका आसपासको क्षेत्रमा ४ रेक्टरको भूकम्प गएको बताएको छ । मापन केन्द्रका अनुसार अहिले ८ः३४ मिनेट जाँदा भूकम्पनको धक्का महसूस गरिएको हो ।

मापन केन्द्रले काठमाडौको दक्षिणी क्षेत्रलाई केन्द्र बिन्दु बनाएर उक्त भूकम्प गएको बताएको छ । तर उपत्यकको धेरै ठाउँमा भूकम्प धक्का मानिसहरुले महसूस गरेको देखिन्न ।

छोटो अवधिमा उक्त भूकम्प गएकाले मानिसहरुले धक्काको अनुभूति नगरेको बताइएको छ ।