जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीद्धारा जनवादी क्रान्तिको तयारीमा जुट्न निर्देशन (वक्तव्यसहित)

मालेमावादी पथप्रदर्शनमा नेपाली क्रान्तिको विजय सुनिश्चित

फाईल तस्बिर

काठमाडौं । २४ औं जनयुद्ध दिवसको अवसमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आज शुभकामना वक्तव्य जारी गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्ता र आम रुपान्तरकारी समुदायमा अपिल गरेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले जारी गरेको उक्त शुभकामना वक्तव्यमा क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्नको लागि आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढेको जनाउँदै त्यसमा सबै शोषित, उत्पीडित वर्ग समुदायका जनतालाई जोडिन आह्वान गरिएको छ ।

महासचिव किरणले आफ्नो पार्टी मालेमावादी पथप्रदर्शक सिद्धान्तको आलोकमा जनताको अधिकार प्राप्तीका खातिर नयाँ जनवादी क्रान्तिमा अघि बढ्ने प्रतितिबद्धतासहित संघर्ष र जनताको आन्दोलन मार्फत जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन ।

फाईल तस्बिर

महासचिव किरणले भनेका छन–‘महान जनयुद्धको २४ औं दिवसको अवसरमा आदरणीय जनसमुदाय, शुभेच्छुक मित्रहरु, सम्पूर्ण पार्टीका कमरेडहरु र भाइचारा पार्टी तथा संगठन, विश्व सर्वहारा वर्गप्रति न्यानो शुभकामना र लाल सलाम ।’

अगाडि भनेका छन–‘चौबीसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान अर्पण गर्दछौं । साथै, हामी घाइते तथा अपाङ्ग योद्धाहरुको ससम्मान उच्च कदर गर्दछौं । जनताको अधिकारको लडाई अझै जारी रहेकाले त्यस प्रकृयामा जोडिन सबै समुदायमा अपिल पनि गर्दछौ ।’

फाईल तस्बिर

उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते नेपालमा महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको भएपनि त्यसलाई पार्टीमा देखिएको चरम अवसरवादले संसदीय व्यवस्थामा पुर्याउने संकेत देखाएपछि आफुहरुले क्रान्तिको रक्षा र विकासको नेतृत्व गरेको बताएका छन ।

महासचिव किरणको शुभकामना वक्तव्यको केही अंश …..

‘महान जनयुद्धको २४ औं दिवसको अवसरमा आदरणीय जनसमुदाय, शुभेच्छुक मित्रहरु, सम्पूर्ण पार्टीका कमरेडहरु र भाइचारा पार्टी तथा संगठन, विश्व सर्वहारा वर्गप्रति न्यानो शुभकामना र लाल सलाम ।’

‘चौबीसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान अर्पण गर्दछौं । साथै, हामी घाइते तथा अपाङ्ग योद्धाहरुको ससम्मान उच्च कदर गर्दछौं । जनताको अधिकारको लडाई अझै जारी रहेकाले त्यस प्रकृयामा जोडिन सबै समुदायमा अपिल पनि गर्दछौ ।’

‘अहिले इतिहासका जटिल आरोह अवरोहका प्रक्रिया र गम्भीर धक्काका बीचमा चौबीसौं जनयुद्ध दिवस मनाउ“दै छौं । महान् जनयुद्धको प्रक्रियामा हजारौं अमर सहिद तथा बेपत्ता योद्धाहरु, जनमुक्ति सेनाका वीर योद्धाहरु र जनसमुदायद्वारा प्रस्तुत त्याग, वीरता तथा बलिदानका अद्भूत कीर्तिमान अविस्मरणीय रहेका छन् । त्यस्तै, विश्व सर्वहारा वर्ग र जनसमुदायले गरेका समर्थन, सहयोग र सहानुभूति पनि अविस्मरणीय रहेको छ ।’

“नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएको छैन र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन् । जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ । हाम्रो पार्टी महान् जनयुद्धको चौबीसौं वर्ष प्रवेशको यस ऐतिहासिक अवसरमा नेपालमा नया“ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछ ।”

“क्रान्तिको प्रक्रियासँगसँगै दलाल तथा नोकरशाही पूँजीवाद, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले प्रतिक्रियावाद र संशोधनवादद्वारा निरन्तर प्रतिक्रान्तिको प्रक्रिया जारी रहनेछ । परन्तु, ती सबैको सामना गर्दै अन्ततः माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपाली क्रान्ति र विश्व क्रान्तिकै विजयसमेत् अपरिहार्य छ ।”
मितिः २०७५/११/०१

मोहन बैद्य किरण
महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)