जनयुद्ध दिवससँगै उदयपुरमा क्रान्तिकारी माओवादीको भेला गर्ने निर्णय

आज भेला तयारी छलफल सम्पन्न

उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) उदयपुरको जिल्ला भेलाको तयारीका लागि आज तयारी छलफल गरिएको छ ।

त्यहाँ आज सम्मेलन गर्ने भनिएको भएपनि तयारी नपुगेपछि सम्मेलनको लागि भनि आएका नेता कार्यकर्ताहरुले भेला तयारीको लागि छलफल गरेका हुन ।

सम्मेलनका लागि आएका नेता कार्यकर्ताहरुको सम्पन्न भेलाले भोलि जनयुद्ध दिवसको कार्यक्रम भएकाले त्यसैँमा जिल्ला भेला गर्न सुझाव पेश गरेका थिए । नेताहरुले भोलिको लागि तयारी छलफल गर्दै आजको कार्यक्रम सकिएको बताएका छन ।

आज भेला तयारी छलफल गरिएको पार्टीका पोलिटव्युरो सदस्य बालबहादुरले हरपललाई बताएका छन ।

सम्मेलन तयारी भेलामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरीभक्त कडेंल प्रतिक, पोलिटव्यूरो सदस्य लालबहादुर, जिल्ला इन्चार्ज, पार्टी सेक्रेटरी तथा अन्य संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

त्यहाँ भोलि जनयुद्ध दिवसको अवसरमा र्यालि निकाल्ने तयारी गरिएको छ । त्यसैसँगै बिहान भेला आयोजना गरिने बताइएको छ । आजको भेला तयारी छलफलमा पार्टीका नेताहरुको सम्बोधन गरेका थिए ।