राष्ट्रियता, जनतन्त्र र जनजिविकाको लागि संघर्षमा जुट्न क्रान्तिकारी माओवादीको निर्देशन

रौतहट सेक्रेटरीमा प्रलादः देजमो संयोजकमा खड्ग

रौतहट । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य हरीभक्त कडेंल प्रतिकले मुलुकमा राष्ट्रियतामाथि गम्भीर संकट उत्पन्न भएको तथा जनतन्त्र र जनजिविका अस्त ब्यस्त भएको भन्दै त्यसको त्यसको संरक्षणका लागि संघर्षको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

क्रान्तिकारी माओवादी रौतहटको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आज उनले त्यस्तो बताएका हुन । नेता कडेंलले वर्तमान सरकारका कारण मुलुक र जनता थप समस्यामा परेको तर्क समेत गरे ।

उनले भने–‘राष्ट्रियता दिनानु दिन संकटमा पर्दै गएको छ । चारैतिर समस्या र अभावले घेरेको छ, यसरी मुलुक कति दिन चल्छ ? यो व्यवस्थाको विकल्प खोज्न जरुरी छ ।’

उनले सबै समस्याको कारण वर्तमान राज्य व्यवस्था भएको औल्याउदै त्यसको विकल्पमा जनगणतन्त्र ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकमा भ्रष्टाचार, अनियमितता र सामाजिक अपराधीहरु सबै राज्यकै संरक्षणमा भएको देखिने गरेको भन्दै भ्रष्ट संसदीय व्यवस्थालाई सबै मिलेर सडकबाटै मिल्काएर जनताको व्यवस्था ल्याउनुपर्ने धारणा राखें ।

उनले आफ्नो पार्टी जनताको अधिकार प्राप्तीको आन्दोलनमा जनतासँगै जोडिएर अघि बढ्न तयार रहेको भन्दै सबैलाई संघर्षको प्रकृयामा सहभागि हुन आह्वान समेत गरे ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश सेक्रेटरी कृष्णदेवसिंह दनुवारले भ्रष्टाचारीहरुलाई खोजि खोजि कालोमोसो दल्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले भने-‘जनताको करबाट तलब भत्ता खाने फेरी जनतासँगै घुस लिने र काममा ढिलासुस्ति गर्नेहरुको लिस्ट बनाएर कारबाही गर्नुहोस ।’

उनले भ्रष्टचारीलाई राज्यले संरक्षण गरेको आरोप लगाउँदै दलालहरुको व्यवस्था भत्काउन सबै युवाहरुलाई क्रान्तिकारी माओवादीमा संगठित हुन अपिल समेत गरे ।

उक्त कार्यक्रममा क्रान्तिकारी युवा लिगका प्रदेश संयोजक गंगा महत्तो लगायतले समेत सम्बोधन गरेका थिए । क्रान्तिकरी माओवादी रौतहटका सेक्रेटरी प्रलाद शाहको सभापतित्वमा भएको कार्यक्रममा पाँच सय बढि नेता कार्यकर्ताको सहभागिता रहको थियो ।

सम्मेलनबाट क्रान्तिकारी माओवादी रौतहटको सेक्रेटरीमा पुन प्रलाद शाह चयन भएका छन भने २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको बताइएको छ ।

त्यस्तै देजमोको संयोजकमा पनि पुन खड्ग शाह चयन भएका छन । देजमोको ३७ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।

सम्मेलनपछिको बैठकले जनयुद्ध दिवस भव्य रुपमा मनाउँने, दलालहरुलाई कारबाही गर्ने र मेचि महाकालि अभियानमा सक्रिय सहमागिता जनाउने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।

यसैबीच भोलि उदयपुर जिल्लाको सम्मेलन गाइघाटमा हुने बताइएको छ । क्रान्तिकारी माओवादीका नेताहरु त्यसको तयारीमा जुटिरहेको जानकारी प्राप्त भएको छ ।