माधव नेपालको असन्तुष्टिः सरकारले जनचाहना अनुसार काम गर्न सकेन

काममा सुधार गर्दै जान सरकारलाई सुझाव

मकवानपुर । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनचाहना अनुसार प्रभावकारी काम गर्न नसकेको औल्याएका छन् ।

आईतबार हेटौंडामा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले त्यस्तो बताएका हुन । उनले जनताको काममा देखिएका समस्याहरु सुनेर तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह समेत गरें ।

उनले सरकारलाई जनताको समस्या र चाहनामा ध्यान दिदै अघि बढ्न गम्भिर ध्यानाकर्षण गराउँदै भने–‘सरकारले जनताको असन्तुष्टि सुनेर सम्बोधन गनुपर्छ ।’

उनले सरकार जनतासँग जोडिन नसकेको भन्दै उनले सरकारको कामप्रति आफ्नो असन्तुष्टि समेत जाहेर गरें । उनले आफ्नो काम, योजनामा सुधार गर्दै लैजान सरकारलाई सुझाव दिए ।

उनले पार्टीको एकीकरणपछि स्थानीय तहमा देखिएको समस्याका कारण पार्टीभित्र निराशा र असन्तुष्टि बढेको बताए ।

उनले आन्तरिक समस्याको समाधानको लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।