कांग्रेसमा पार्टी हाक्न यूवा पुस्ता अघि बढ्नुपर्ने बेला आयोः नेता थापा

१४ औं महाधिवेशनमा सभापति उठ्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अब कांग्रेस पार्टी हाक्न यूवा पुस्ता अघि बढ्नुपर्ने बेला आएको बताएका छन ।

उनले आज बिहान गोरखामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो बताएका हुन ।

कांग्रेस नेता थापाले पुरानै ढंगले पार्टी चल्न नसक्ने भन्दै युवा नेतृत्वको आवश्यकतामाथि प्रकाश पारे ।

उनले पार्टी, संगठन, नेता कार्यकर्ताहरुले माग गरेमा आफु पार्टीको सभापतिमा उठ्न तयार रहेको समेत बताएका छन ।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने आफ्नो तयारीबारे प्रष्ट पार्दै उनले भने–‘कथाले मागे १४ औं महाधिवेशनमा सभापति उठ्छु। पार्टीले के भन्छ, कार्यकर्ता के चाहन्छन् म उहाँहरूको चाहनाअनुसार नै अघि बढ्छु ।’

नेतृत्व लिएर पार्टी चलाउने आफ्नो चाहना रहेको भएपनि त्यसमा नेता, कार्यकर्ताहरुको भावना अनुसार नै कदम चाल्नेबारेमा समेत उनले बताए ।

उनले भने–‘ मलाई पार्टीको नेतृत्व लिने चाहना भएपनि कार्यकर्ताले जिम्मेवारी दिने वा नदिने त्यसमा निर्भर हुन्छ । केन्द्रीय सदस्य वा महामन्त्री या सभापति जे भन्नुहुन्छ त्यहीमा म तयार छु।’