रोजगार सूचना केन्द्र भिमदत्तनगरपालिकाको रोजगार मेला शुरु

वडा १९ बाट शुरु भएको कार्यक्रम १ मा समापन हुने

कञ्चनपुर । भिमदत्तनगरपालिकाका विभिन्न स्थानहरुमा रोजगार सूचना केन्दको आयोजनामा ‘रोजगार मेला २०७५’ शुरु भएको छ ।

सुदुरपश्चिम प्रदेश रोजगार प्रर्वद्धन तथा गरिबी न्युनिकरण उपशाखा (रोजगार सूचना केन्द्र) ले शुक्रबार भिमदत्तनगरपालिकाको वडा नम्बर १९ बाट उक्त मेलाको शुभारम्भ गरेको हो ।

उक्त मेला कार्यक्रम सञ्चालक तथा रोजगार सूचना केन्द्र भिमदत्तनगरपालिकाका नायव सुब्वा मनोज प्रशाद भट्टका अनुसार उक्त अभियान सबै स्थानीय तहमा पुर्याउने तयारी भएको छ ।

आज भिमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टको प्रमुख आतिथ्यतामा वडा नम्बर १९ को कार्यालयमा मेला कार्यक्रमको उद्धघाटन गरिएको उनले बताए ।

उनले रोजगार सूचना केन्द्र भिमदत्तनगरपालिकामा समाहित भएको २ महिना मात्रै बितेको भन्दै यसले नगरपालिका भित्र रहेका बेरोजगारहरुलाई रोजगारी तर्फ केन्द्रीत गर्ने विश्वास व्यक्त गरे ।

नगर प्रमुख बिष्टले वडा नम्बर १९ आफैमा सुन्दर क्षेत्र रहेको बताउँदै वडाको विकासका लागि नगरपालिकाले आवश्यक बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रमका सभापति तथा वडा नम्बर १९ का अध्यक्ष दामोदर महरा रहेका थिए भने कार्यक्रमको बिशिष्ट अतिथिमा भिमदत्तनगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम राज जोशि रहेका थिए ।

रोजगार सूचना केन्द्र नेपाल सरकारको मन्त्री परिषद्को निर्र्णय अनुसार सिप विकास तालीम केन्द्र भिमदत्तनगरपालीकामा समाहित रहेको बताउदै कार्यक्रम सञ्चालक भट्टले उक्त मेला सबै वडाहरुमा सम्पन्न गरिने बताए ।

उनले वडा नम्बर १९ बाट शुरु भएको योजना वडा नम्बर १ मा पुगेर समाप्त गरिने योजना रहेको बताएका छन् ।

कार्यक्रममा भिमदत्तनगरपालिका वडा नम्बर १९ का स्थानियजनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।