अपत्यारिलो घटनाः मादक पदार्थ सेवन गरेकी बुहारीले गरिन ७० बर्षीया ससुराको हत्या

हत्या आरोपि महिला प्रहरी नियन्त्रणमा

ओखलढंगा । ओखलढुंगामा एक महिलाले आफ्ना ससुरालाई पछाडीवाट आगो फुक्ने ढुंग्रीले कञ्चटमा हानेर हत्या गरेकी छन । हत्या आरोपि महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मादक पदार्थ सेवन गरेको अवस्थामा ति महिलाले अंशवण्डाको विषयमा ससुरासँग विवाद गर्दै आगो फुक्ने ढुंग्रीले हानेर हत्या गरेकी हुन । गहिरो चोट लागेपछि उनको त्यहि लडेको अवस्थामै मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सिद्धिचरण नगरपालिका ४ रुम्जाटारकी तारादेवी गुरुङले उनका ७० वार्षिया ससुरा रामचन्द्र गुरुङसँग विवादको क्रममा हान्दा त्यो घटना हुन पुगेको हो ।

प्रहरीका अनुसार ति महिलाले अत्याधिक मादक पदार्थ सेवन गरेर बृद्ध ससुरासँग विवाद गरेकी थिइन । मृतक गुरुङ तिनै कान्छा छोरा–बुहारीसँगै बस्दै आएका थिए।

ति महिलाले जेठो छोरालाई बढि सम्पति दिएको आरोप लगाउँदै विवाद गरेको खुल्न आएको छ । उनका श्रीमान बैदेशिक रोजगारका क्रममा खाडीमुलुक गएका छन ।