म्याग्दीमा प्रगतिशील लेखक सङ्घको जिल्ला सम्मेलन

नौं सदस्यीय कमिटी निर्वाचित

म्याग्दी । प्रगतिशील लेखक सङ्घ (प्रलेस) को म्याग्दीमा जिल्ला सम्मेलन सम्पन्न गरेको छ । प्रलेसको म्याग्दी शाखाले बुधबार बेनीमा जिल्लाको तेस्रो सम्मेलन गरेको हो ।

जिल्ला सम्मेलनबाट राजु केसीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

निर्वाचित कमिटीको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल, कोषाध्यक्षमा ज्योति लामिछाने रहेका छन ।

त्यस्तै निर्वाचित कमिटीको सदस्यहरूमा सन्दीप खत्री, चन्द्रबहादुर लामिछाने, समीर रोका, मीना जिसी र दर्पण रोका लगाएत रहेको बताइएको छ ।