कोटेश्वरबाट चितुवाको छालासहित दुई पक्राउ

प्रहरी अनुसन्धान जारी

काठमाडौं । चितुवाको छालासहित दुई जनालाई प्रहरीले काठमाडौँ–३२ जडीबुटीबाट पक्राउ गरेको छ ।

कोटेश्वर प्रहरीबाट खटिएको प्रहरी टोलीले शंकास्पद लागेपछि सामान चेक जाँच गर्ने क्रममा छालासहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काभ्रेको भकुण्डेबेसीका स्थानीय १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङ पक्राउ परेका हुन ।

पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।