सडक निर्माणमा ध्यान नदिए पुर्न आन्दोलनमा उत्रिने स्थानीयवासीको चेतावनी

निर्माणको काम शुचारु हुने विश्वास

कञ्चनपुर । कञ्चनपुरको कलुवार बेलौरी सडक खण्डको स्तरोउन्तीको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयवासीको आन्दोलन प्रदेश सभा सदस्य लाल बहादुर खड्काले हिजो पहल गर्ने आस्वासन दिएपछि तत्कालका लागि स्थगित भएको छ ।

आफ्ना मागहरु पुराहुने आश्वासन पाएपछि त्यहाँका स्थानीयले आन्दोलन स्थगित गरेका हुन् । शुक्लाफाँटा नगरपालीका वडा नम्बर १ का स्थानिय राम बहादुर बिष्टले प्रदेश सभा सदस्य लालबहादुर खड्काको आस्वासनपछि आन्दोलन स्थगित गरेको बताए ।

सांसद खड्काले बनसाहमा पुगि मंगल बारदेखि नै सडक कालोपत्रेको कार्य सुचारु हुने भनि आस्वसन दिएका थिए । उनकै आस्वासनमा मंगलबारदेखिनै सडक स्थरोउन्नतिको कार्य अगाडि बढ्ने विश्वास जागेपछि आफुहरुले आन्दोलन स्थगित गरेको स्थानिय बिष्टको भनाई छ ।

उनले प्रदेश सभा सदस्य खड्का बनसाहमै पुगि आस्वासन दिएकाले आन्दोलन रोकीएको बताउदै मंगलबारदेखि सडक स्तरोउन्नतीको कार्य अगाडि नबढे माघ २६ गतेदेखि फेरी कडा आन्दोलनमा उत्रने बताए ।

“प्रदेश सभा सदस्य ज्युले निमार्ण कार्य भोलीदेखिनै अगाडि बढ्ने आस्वासन दिएपछि केहि सडक कालोपत्रे हुने संकेत देखियो, सबै स्थानीयको सहमतिमा आन्दोलन स्थगित गरिएको छ, यथाशिघ्र कलुवापुर बेलौरी सडक खण्डमा कालोपत्रे नगरीए पुर्न २६ गतेदेखि आन्दोलनमा उत्रन्छौ ।” उनले भने ।

हिउँदका बेला सञ्चालन हुने उत्त सडक वर्षातका बेला हिलाम्मे हुँदा स्थानीय यात्रुहरूले पैदल नै गन्तव्यमा पुग्नु पर्ने बाध्यता छ । सडक निर्माणको कार्य एक वर्षदेखि ठप्प रहेको छ ।

ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीका प्रतिनिधि दमन राज जोशीले बजेट अभावले सडक निर्माणको कार्य अगाडी बढन नसकेको बताए । सन्तोषी–थेगिम जेभीले २०७३ साल भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो ।

सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले २०७५ साल भदौ १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने थियो । १८ करोड २० लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म निर्माण कम्पनीले ४ करोड ४४ लाख भुक्तानी लिएको छ ।