सरकार विरुद्ध आज कांग्रेसको देशव्यापि विरोध प्रदर्शनः काठमाडौंमा एक बजे विरोध सभाको आयोजना

जिल्ला तथा प्रदेश सदरमुकाममा प्रदर्शन गराउँन पुगे नेताहरु

काठमाण्डौ । आज प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारले गरेका गलत नीति, निर्णयहरुको विरुद्धमा विरोध प्रदर्शनमा जुटेको छ ।

वर्तमान केपी ओली नेतृत्वको सकारको अवधिमा महँगी, भ्रष्टाचार, सामाजिक अपराधका घटनामा बृद्धि भएको र सरकारले जनविरोधि नीति निर्णय ल्याएको भन्दै त्यसको विरोध स्वरुप आज कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसका देशभरका नेता कार्यकर्ताहरु, विभिन्न संग संगठनहरु ठाउँ ठाउँमा सरकारविरुद्ध प्रदर्शनको तयारीमा जटिरहेको खबर प्राप्त भएका छन । प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेसले यसअघि नै केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा खटाएको बुझिएको छ ।

श्रोतका अनुसार कांग्रेसले जिल्ला सदरमुकाम र प्रदेश राजधानी केन्द्रीत प्रदर्शनको तयारी गरिरहेको छ भने काठमाडौंमा पनि ठूलो शक्ति प्रदर्शनको तयारी भैरहेको बताइन्छ ।

काठमाडौंमा दिउँसो एक बजेदेखि प्रदर्शन सुरु गर्ने नेपाली कांग्रेस श्रोतबाट बुझिएको छ । राजधानीका विभिन्न स्थानबाट निस्कने र्यालिहरु रत्नपाकै अडाडिको शान्तिवाटीकामा पुगेर विरोध सभामा गर्ने बताइएको छ ।

उक्त विरोध सभामा कांग्रेसका सभापतिदेखि वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम बनेको भएपनि नेताहरुको ब्यस्तताका कारण ठोस नभएको एक नेताले हरपल नेपाललाई जानकारी दिए ।

कांग्रेसले चिकित्सा शिक्षा विधेयकमा डा. केसीका मागहरु समेट्नुपर्ने, वाइडबडी खरिदमा भएको घोटालाको निष्पक्ष छानबिन गर्नुपर्ने र दोषिलाई कारबाही गर्नुपर्ने, सामाजिक अपराध न्युनिकरण गर्नुपर्ने लगायतका मुद्धामा उसले प्रदर्शनको तयारी गरिरहेको छ ।