सामाजिक अभियानमा जनता बैंकको सहकार्यः बार्षिक पाँच लाख सहयोग

शैक्षिक गुणस्तर अभिवृद्धिको कार्यक्र सञ्चालित

काठमाडौं । आर्थिक विकासको लक्ष्यसहित बढेका बैंकहरु देश, जनता र समाजको हितमा समेत सहकार्यमा जोडिने गरेका छन । त्यसको पछिल्लो उदाहरण हो शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानमा जनता बैंकले गरेको सहकार्य ।

आइतबार एक कार्यक्रमबीच जनता बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिको लक्ष्य सहित अघि बढेको एक सामाजिक संस्थालाई बार्षिक पाँच लाख सहयोग गर्ने पत्रमा हस्ताक्षर हरेका छन ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त संस्थालाई वार्षिक ५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले समेत हस्ताक्षर गरेका छन ।

संस्थाका प्रमुख खनालका अनुसार संस्थाले ग्रामीण क्षेत्रबाट सरकारी विद्यालयमा फेलो शिक्षक खटाई शैक्षिक असमानता घटाउने अभियानका विभिन्न कार्यक्रम गरिरहेको छ ।

फेलो शिक्षकमार्फत हाल करिब १० हजार विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी भएको संस्थाको दावी छ ।

उसले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ, पर्साको लगायतका ग्रामीण क्षेत्रमा कार्यक्रम गरिरहेको जनाइएको छ ।