दाङमा देशभक्त जनगणतान्त्रीक मोर्चाको सम्मेलन हुँदै

जुझारु संगठन निर्माणमा जोड

दाङ । आउँदो चैत्र २४ गते राजधानीमा दोश्रो जनआन्दोलनका रुपमा ठूलो शक्ति पर्दशनको तयारी गरिरहेको नकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल अहिले स्थानीय संगठनलाई जुझारु बनाउँने अभियानमा रहेको देखिन्छ ।

मोर्चाले यतिबेला विभिन्न जिल्लाहरुमा भेला, सम्मेलन, स्थानीय एरिया, गाउँ कमिटी गठन तथा आन्तरिक बैठक र प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी प्राप्त भएको छ ।

आउँदो चैत्र २४ गते जनआन्दोलन दिवसलाई राज्य व्यवस्थाको भण्डाफोर तथा व्यवस्थाका विरुद्धमा देशभरको शक्ति पदर्शनको गर्ने कार्यक्रम अनुसार नेताहरु संगठनमा केन्द्रीत बनेको बुझिएको छ ।

संगठन केन्द्रीत कार्यक्रम अनुसार भोली (सोमबार) दाङको घोराहीमा मोर्चाका प्रथम जिल्ला सम्मेलन हुन लागेको मोर्चाको दाङ कमिटीका सचिव इश्वरीप्रसाद गैरेंले हरपल नेपालसँग बताएका छन ।

सचिव गैरेका अनुसार भोली १२ बजे घोराही–३, गोग्ली स्थित शहीद पार्कको हलमा उक्त सम्मेलनको तयारी गरिएको छ ।

‘राष्ट्रिय स्वाधीनता र जनतन्त्र प्राप्तिका लागि हाम्रो आन्दोलन, नयाँ जनवादी गणतन्त्र प्राप्तिका लागि प्रथम जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथमा उक्त सम्मेलनको तयारी भैरहेको बताइएको छ ।

मोर्चाका दाङ अध्यक्ष नरेन्द्र बञ्जाडेको सभापतित्वमा हुने उक्त सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य तथा देजमो नेपालका प्रदेश नम्बर पाँचका संयोजक केबि गुरुङ आउने आयोजकले बताएको छ ।

त्यस्तै उक्त कार्यक्रमको अतिथिको रुपमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज हिरामणि दुखी, पार्टीका सेक्रेटरी, अन्य जनवर्गिय मोर्चाहरुका नेताहरु लगायतको उपस्थिति रहने बताइएको छ ।

पछिल्लो चरणमा पार्टी र अन्य संगठनको अवस्थामा सुधार देखिएको दाङमा मोर्चाको स्थिति ठिकै रहेको नेताहरुको भनाई छ । सम्मेलनमा सर्यौ नेता, कार्यक्रताहरुको उपस्थितिमा जुझारु र संघर्षको उठान गर्न सक्ने नेतृत्व समेत चयन हुने बताइएको छ ।