अछाममा वाणिज्य बैंकले शुरु गर्यो १२ प्रतिशत ब्याजमा सुन कर्जा सेवा

ग्राहकको माग अनुसार सेवा बढाउँदै बैंक

अछाम । अछाममा राष्ट्रिय वाणिज्य बैंकले विगत १७ वर्षदेखि रोकेको सुन कर्जा सेवा हाल शुचारु गरिएको जनाएको छ । उपभोक्ताको माग बढ्दै गएपनि बैंकले उक्त कर्जा सेवा शुचारु गरेको हो ।

तत्कालिन माओवादी आक्रमणका कारण वि.स २०५८ मा बैंकको अछाम शाखा ध्वंस भएपछि त्यतिबेलादेखि बैंकले सुन कर्जा रोकेको थियो ।

आक्रमणको घटनापछि बैंक ढुकुटी नेपलाी सेनाको संरक्षणमा राखिदैँ आएकोमा हाल बैंकले आफ्नै व्यवस्थापनमा काम शुचारु गरिरहेको बताइएको छ ।

बैंकको अछाम शाखाका प्रबन्धक गणेशबहादुर विष्टले टेलिफाने कुराकानीमा भने–‘पछिल्लो समय सुरक्षा समस्या पनि त्यति खतरा छैन, हामीले ग्राहकको मागलाई ध्यान दिदैँ सुन कर्जा पुर्न शुरु गरेका छौं ।’

सुन कर्जा अन्तर्गत बैंकले धितो राख्ने सुनको मूल्यको ७० प्रतिशत रकम १२ प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको समेत जानकारी दिएका छन ।