पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ बढ्योः १५ दिनमा १ अर्ब १६ करोड नाफा गर्दै निगम

जनप्रश्नः अन्तर्राष्ट्रिय बजार मूल्य कम हुँदा निगमको महंगो किन ?

काठमाडौं । नेपाल आयल निगमले शनिवार रातिबाट लागुहुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको जनाएको छ ।

भारतीय आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको जनाउँदै निगमले मूल्य बृद्धि गरेको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९७ रुपैयाँ हुने भएको छ ।

निगमले मूल्य बढाएको विषयमा सामाजिक अभिन्तादेखि उपभोक्ताहरुले फेसबुक, ट्वीटर लगाएतका सञ्चारमाध्यमहरु मार्फत विरोध जनाएका छन ।

जनताको क्षमतालाई ध्यान नदिएर पटक पटक गरिने मूल्य वृद्धि राज्यको जनतामारा अभियान भन्दै कडा आक्रोश व्यक्त गरिएका छन ।

उनीहरुले निगमले अहिले बाहानावाजि गर्दै मूल्य बढाएको भन्दै विरोध जनाएका छन । निगमले आफुलाई नाफा उच्च राखेर मूल्य बढाएपछि उपभोक्ताहरु थप महंगीको मारमा पिल्सिन बाँध्य भएको उनीहरुको भनाई रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि निगमले भने त्यो अनुसार मूल्य समायोजन गर्न नसकेको बताइन्छ ।

उसले हरेक पटकको मूल्य बृद्धिमा सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले आफ्नो नाफा बढाउँदै लगेको देखिन्छ । तर निगमका केही कर्मचारीहरु भने केही समयमा सञ्चित घाटा पूर्ति भएपछि मूल्य एकैपटक घटाउने निगमको तयारीबारे दावी गर्छन् ।

तत्कालिन घाटामा रहेको उदयपुर सिमेन्टलाई नाफामा पुर्याएको भन्दै आयल निगमको जिम्मेवारीमा सरकारले ल्याएका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेल जनतामाथि मूल्य बृद्धि टाँचा लगाउँदै सरकारलाई खुशी पार्ने लाइन बढेको संकेतका रुपमा समेत कतिपयले व्याख्या गर्दै आएका छन ।

बिगतमा निगमको नेतृत्वमा आएकाले जस्तै उपभोक्ताको ढाड सेकिने गरी नाफा केन्द्रीत पौंडेलले समेत मूल्य बृद्धि गराएको भन्दै उपभोक्तावादी संघ सस्थाहरुले विरोध जनाएका छन ।

यो विषयमा निगमले भने १ अर्ब ६ करोड सञ्चित नोक्सानी भएको र त्यसको समायोजन गलत्तै मूल्य घटाउने बताएको छ ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार अहिलेको मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुनेछ र त्यसले निगमको सञ्चित नोक्सानी पूर्ति हुने विश्वास गरिएको छ ।