क्रान्तिकारी माओवादी बाग्लुङको सेक्रेटरीमा पूर्ण गरुङः ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित

संघर्षका निम्ति तयारी गर्न नेताहरको निर्देशन

बाग्लुङ । नेकपा (क्रान्तिकारी माओवादी) बाग्लुङ जिल्लाको १२ जिल्ला सम्मेलन ढोरपाटन नगरपालिकामा आज भव्य रुपमा सम्पन्न भएको छ । जिल्ला सम्मेलनले पूर्णबहादुर गुरुङलाई पार्टी सेक्रेटरीमा निर्वाचित गरेको छ ।

सम्मेलनले गुरुङको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । त्यसैगरी निर्वाचित कमिटीको पहिलो बैठकले ११ सदस्यीय जिल्ला पार्टी सचिवालय गठन गरेको छ ।

त्यस्तै बैठकले एम गुरुङको संयोजकत्वमा पाँच सदस्यीय जिल्ला पार्टी सल्लाहकार समिति समेत गठन गरेको पार्टीका नेता निलबहादुर पुनले हरपल नेपाललाई बताएका छन ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, विशिष्ट अतिथिमा पोलिट व्युरो सदस्य तथा देजमोे नेपालको चार नम्बर प्रदेश संयोजक केस बहाबहादुर परियान, पार्टी केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज रामजी थापा, पर्वत जिल्ला इन्चार्ज तेजेन्द्र पौडेंल लगाएत रहेका थिए ।

यसअघिका जिल्ला सेक्रेटरी निल बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अतिथिको रुपमा देजमोका केन्द्रीय सदस्य पूर्ण प्रसाद गुरुङ, पार्टी जिल्ला सल्लाहकार नईन्द्र गुरुङ, जिल्ला सदस्य गुञ्जबहादुर भण्डारी, जिल्ला सदस्य तथा देजमो वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर लगाएत रहेका थिए ।

राष्टिय स्वाधिनताको रक्षा गरौं ! पहिचान सहितको संघीय जनगणतन्त्रको स्थापना गरौं !! भन्ने मुल नारासहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युवा नेता विक्रम थापाले गरेका थिए भने कार्यक्रममा जिल्ला भरीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पार्टीका नेताहरुले संगठन निर्माणसँगै जनताको हक, अधिकारको निम्ति पार्टीलाई संघर्षतिर लैजानुपर्नेमा जोड दिएका थिए ।