गगन थापाको आरोप–‘ओली सरकार भ्रष्टाचारमा लिप्त भयो’

जनमूखि कामहरु हुन नसक्ने

सोलुखुम्बु । वर्तमान केपी ओली सरकार भ्रष्टाचार र अनियमिततामा लिप्त भएको आरोप नेपाली कांग्रेसका युवा नेता गगन थापाले लगाएका छन ।

उनले सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा आयोजित कांग्रेसको आमसभा कार्यक्रममा बोल्दै त्यस्तो आरोप लगाएका हुन् ।

थापाले वर्तमान सरकार लोभ र पापमा लिप्त भएको भन्दै भने-‘सबै कमाउने तिर केन्द्रीत देखिन्छ, यसबाट जनमुखि निर्णय लिने र काम हुने अवस्था देखिन्न ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गदिृन भनेको भएपनि उनको सहयोगमा रहेकाहरु लिप्त रहेको र सरकारले भ्रष्टाचारीको संरक्षण गरिरहेको उनको भनाई छ ।

उनले सरकार एक पछि अर्को गरी भ्रष्टाचारको मुद्धामा डुब्दै गएको भन्दै चिन्ता गरे । उनले यहिँ स्थितिबाट मुलुक चल्न नसक्ने समेत बताए ।