विश्वभरी पर्यावरण संरक्षणको लागि पहल: आज अधिकांश देशमा सिमसार दिवस मनाइदैँ

राज्यका तीन तहबाट संरक्षणका कार्यक्रममा बन्नुपर्नेमा जोड

काठमाडौँ । बढ्दो जलवायु परिवर्तनले विश्व तापमानमा प्रभाव पारिरहेको बेला त्यसका विविध पक्षको विषयमा जानकारी दिदैँ प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिने उद्देश्यले आज नेपाल लगायत ‘रामसार महासन्धि’ का सबै पक्ष राष्ट्रहरुले विश्व सिमसार दिवस मनाउँदै छन ।

प्राकृतिक सम्पदाको विनासले जलवायु परितवर्तनमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसको लागि सिमसार क्षेत्रहरु, वन, जंगल र प्रायवरणको संरक्षण तथा व्यवस्थापनको संन्देश प्रवाह गर्नका लागि नेपालमा पनि आज यो दिवस मनाउन लागिएको हो ।

नेपालको संविधानले प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको संरक्षणका लागि अधिकारको व्यवस्था गरेपनि कतिपय व्यवहारीक तथा कानुनी असहजताका कारण पनि त्यसको क्षेत्रमा प्रभावकारी कामहरु हुन सकेको देखिन्न ।

प्राकृतिक सम्पदाको संरक्षणबाट पर्यापर्यटनको क्षेत्रमा उल्लेख्य सफलता मिल्ने देखिन्छ । नेपालको जैविक विविधता, दुर्लभ वन्यजन्तुको बासस्थान र आहार विहारका लागि प्राकृतिक सिमसार क्षेत्रहरुको फैलावट, वन तथा बन्यजन्य वस्तुको प्रशोधन, प्रवर्धन एवं प्रचारबाट मुलुकको अर्थ व्यवस्थामा उल्लेख्य प्रगति हुने देखिन्छ ।

ति प्रचुर सम्भावना रहेका कारण प्राकृतिक सम्पदाहरुको संरक्षणमा राज्यका तीनै तहबाट आवश्यक कार्यक्रम बन्नु आवश्यक देखिन्छ भने उपलब्ध सम्पदाहरुको अन्तराष्ट्रिय जगतमा प्रचारको नीति बनाउँनु समेत जरुरी देखिन्छ ।

आज यहिँ विषयमा छलफल, अन्तरक्रिया र अन्य चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । कार्यक्रमको मुख्य जोड प्रककृति सम्पदाको संरक्षणमा राज्य, नागरिकदेखि अन्तराष्टिय जगतसम्मलाई तयार गराउँनेमा केन्द्रीत रहेको छ ।

नेपालको कोशी टप्पुदेखि राराताल लगायत विभिन्न नौ वटा सिमसार क्षेत्रहरु विश्वको सूचीमा परेको भएपनि त्यसको संरक्षणमा भने ध्यान पुग्न सकेको देखिन्न । सरोकारवालाहरुको त्यसमा ध्यान जान जरुरी भएको प्रकृतिविद्हरुको भनाई रहदैँ आएको छ ।

जलवायु परिवर्तनको असरले पानीको मुहान सुक्दै जाने तथा हिमालको हिउँ पग्लेर काला पहाड बन्ने खतरा बढेको बेला यो दिवसले विश्वभरको प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्ने साझाँ संन्देश दिने धेरैको भनाई रहेको छ ।

सरकारको वन तथा वातावरण मन्त्रालयले पनि जलवायु परिवर्तन र सिमसार क्षेत्र भन्ने नाराका साथ आज विश्व सिमसार दिवस मनाउन लागेको बताइएको छ । यसले यहाँको समस्या, सम्भावना र अवस्थाका विषयमा विश्वसँग जोड्दै संरक्षणका लागि जनचेतना फैलाउँने विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय जगतबाटै सिमसार क्षेत्रलाई संरक्षण गर्नका लागि सन् १९७१ मा इराकको रामसार सहरमा भएको ‘रामसार महासन्धि’ को नेपाल पक्ष राष्ट्रको रुपमा रहदैँ आएको छ । भने त्यस महासन्धिका पक्ष राष्ट्रहरुले सन् १९९७ देखि हरेक वर्ष सिमसार दिवस मनाउँदै आएका छन ।