कांग्रेसका विद्यार्थी नेताहरुले जलाए जिल्ला शिक्षा अधिकारीको गाडी

गाडी पूर्ण रुपमा जलेर नष्ट

फाईल तस्बिर

कास्की । कांग्रेस निकटको विद्यार्थी संगठनले कास्कीका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीलेको गाडीमा आज बिहान आगजनप् गरेका छन ।

नेविसंघका अनुसार संगठनको अनुरोधलाई अवज्ञा गरेका कारण उनको गाडीमा आगजनी गरिएको हो ।

बिहानै आफ्नो बा १ झ ५८७९ नम्बरको गाडीमा सवार शिक्षा अधिकारी सुवेदीको गाडीलाई मोटरसाईकलमा आएका नेविसंघका नेता, कार्यक्रताहरुले आगजनी गरी फरार भएको बताइएको छ ।

आफ्नो संगठनले सरकारी गाडी सञ्चालनमा रोक लगाएको अवस्थामा त्यसको अवज्ञा गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले उक्त गाडीमा भएका मानिसहरुलाई उतारेर आगो लगाएको बुझिएको छ ।

आगलागी लगत्तै दमकल बोलाइएको र त्यसले आगो नियन्त्रणको प्रयास गरेपनि गाडी पूर्ण रुपमा जलेको छ । प्रहरीले त्यो विषयमा आगलागीमा संलग्नको खोजि कार्य भैरहेको बताएको छ ।

त्यसैबीच नेविसंघले एक विज्ञप्ती जारी गर्दै उक्त घटना आफ्नो संगठनले गरेको स्विकार गर्दै जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीले आफूहरुको रोकको पालना नगरेका कारण बाध्य भएर आगो लगाउँनु परेको बताएको छ ।

नेविसंघको केन्द्रीय कार्यसमितीले निकालेको विज्ञप्ति अनुसार आज देश भरका सरकारी गाडी चल्न रोक लगाइएको छ ।फाईल तस्बिर